पर्सा , मंसिर १० –
बाराको महागढीमाई नगरपालिका–३ स्थित श्री भोला माध्यमिक विद्यालय, गंजभवानीपुरका व्यवस्थापन समिति अध्यक्ष जय किशुन प्रसाद यादव पक्राउ परेका छन्।
कौडा खेलाउने विषयमा प्रहरी चौकीका इन्चार्ज प्रहरी नायब निरीक्षक बहादुर यादवसँग विवाद भएपछि उनलाई मंसिर ८ गते पक्राउ गरिएको हो।
अभद्र व्यवहार मुद्दामा जिल्ला प्रशासन कार्यालय बाराबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






