search

spot_img
spot_img

नकटुवामा शिक्षक सरुवाको विषयलाई लिएर विवाद उत्पन्न

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

परवानीपुर, २१ पुस/ बारा, विश्रामपुर गापा–५ स्थित श्री ५ महेन्द्र आधारभूत विद्यालय नकटुवामा शिक्षक सरुवाको विषयलाई लिएर विवाद उत्पन्न भएको छ । विद्यालयका प्रावि स्थायी द्वितीय तहका स्थायी शिक्षक जाहिर हुसैन र प्रावि राहत शिक्षक दीपकप्रसाद यादवलाई सो विद्यालयबाट अन्य विद्यालयमा जबरजस्ती सरुवा गर्न लागिएपछि विवाद शुरू भएको हो ।
कक्षा ७ का विद्यार्थीहरूले सो सरुवाप्रति विरोध जनाउँदै विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापक समेतको विरोध गरेका छन् । फर्जी विद्यार्थीहरूको हस्ताक्षर गराइ शिक्षक सरुवाको निवेदन विश्रामपुर गापाको शिक्षा शाखामा पेश गरेपछि सो विद्यालयका विद्यार्थीहरूले विरोध जनाएको बताएका छन् । विद्यार्थीलाई पिकनिक लैजाने भनेर विद्यालयकी निमावि राहत शिक्षिका अञ्जुलकुमारी यादवले कक्षा ७ का छात्रछात्राहरूको सामूहिक हस्ताक्षर गराएकी थिइन् । सोही हस्ताक्षरको प्रतिलिपि र विद्यालय व्यवस्थापन समितिको निर्णयसँगै विद्यालयका प्रधानाध्यापकले शिक्षक सरुवाको लागि माग गर्दै निवेदन गरेपछि शिक्षक सरुवाको लागि षड्यन्त्र भएको पोल खुलेको थियो । त्यसपछि विद्यार्थीहरूले गत साता एक दिन विद्यालय बन्द गरी विरोध जनाएका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेख नबी अख्तरको निर्देशनमा शिक्षक सरुवाको पहल भएको विद्यालयकी प्रधानाध्यापिका इन्दिराकुमारी कोइरीले बताइन् । उनले भनिन्, “विद्यालय व्यवस्थापन समितिमा केही शिक्षकहरूको सरुवा गर्ने सहमति भएको थियो, सो अनुसार सरुवाको लागि पालिकाको शिक्षा शाखामा निवेदन दिएको हो, अब सरुवा गर्ने कि नगर्ने अधिकार पालिकाको हो ।”
पिकनिक लैजाने भनेर विद्यार्थीहरूसँग फर्जी हस्ताक्षर गराएको विषयमा उनी सहमत भइनन् । शिक्षक सरुवाको विषयलाई लिएर विद्यार्थीहरूले विरोध गरेपछि विश्रामपुर गापाका अध्यक्ष जुल्फिकार अलि भुट्टोले सबै शिक्षकलाई सरुवा गरी अन्य विद्यालयमा पठाउने चेतावनी दिएका छन् । पाँच सयभन्दा बढी विद्यार्थी भएको सो विद्यालयमा १३ जना शिक्षक कार्यरत छन् ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

उत्कृष्ट इमानदारिता पुरस्कार सशस्त्र प्रनाउ सुब्बालाई प्रदान

वीरगंज, २ भदौं । वीरगंज उद्योग वाणिज्य संघले सशस्त्र प्रहरी उपरीक्षक स्व. सुमन थपलियाको स्मृतिमा स्थापना गरेको उत्कृष्ट इमान्दारिता...

सम्बन्धित खबर

- Advertisement -neelambads