खैरो हेरोइनसहित दुईजना पक्राउ

वीरगंज, २४ पुस। १०२ ग्राम खैरो हेरोइनसहित वीरगंजबाट दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का ३८ वर्षीय विनोद प्रसाद गुप्ताको खलतीबाट १०२ ग्रFम खैरो हेरोइन बरामद भएपछि उनीसंगै रहेका ३८ वर्षीय फिरोज चौधरीलाई पनि प्रहरीले पक्राउ गरेको छ।
प्रहरी चौकी बसपार्क तथा लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय वीरगंजबाट खटिएको संयुक्त टोलीले वीरगंज महानगरपालिका वडा नम्बर ८ स्थित सडकमा कुराकानी गरिरहेको अवस्थामा उनीहरूलाई लागु ओैषधसहित पक्राउ गरेको हो। दुवैको शरीर खानतलासी गर्दा गुप्ताको पाइनटको खल्तीबाट २ वटा सेतो रड्ढो प्लास्टिकमा बेरिएको लागूऔषध खैरो हिरोइनजस्तो देखिने सेतो पदार्थ १ सय २ ग्राम फेला परेपछि दुवैलाई नियन्त्रणमा लिई लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिए।
सम्बन्धित पोस्टहरुः