search

spot_img
spot_img

रुपेश हत्याकाण्डका आरोपीहरू जेल चलान

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

परवानीपुर, २५ पुस/ बारा, कलैया उपमहानगरपालिका–६ निवासी बाल एकता बोर्डिङ स्कूलका सञ्चालक रूपेश सर्राफको हत्यामा संलग्न रहेको आरोपमा सातजना जेल चलान भएका छन् ।
सर्राफको हत्याको आरोपमा पक्राउ परेकी राधा गुप्तासहित सात जनालाई बारा जिल्ला अदालत बाराले जेल चलान गरेको हो । बारा जिल्ला अदालतमा कर्तव्य ज्यान, सङ्गठित अपराध तथा हातहतियार खरखजाना मुद्दाको थुनछेक बहसमा अदालतले सात जनालाई जेल चलान गरेको अदालतका सूचना अधिकारी कृष्णप्रसाद दाहालले जानकारी दिए । हत्यामा संलग्न अन्य चारजना भने अझैसम्म फरार छन् ।
सर्राफ हत्या प्रकरणमा अदालतमा ११ जनाविरूद्ध पुस १६ गते कर्तव्य ज्यान, सङ्गठित अपराध तथा हातहतियार खरखजाना मुद्दा दर्ता भएको थियो । पुस १७ गतेदेखि लगातार पेसीको क्रममा अदालतले मङ्गलवार सातजनालाई जेल चलान गर्ने आदेश दिएको बताइन्छ ।
बारा जिल्ला अदालतका न्यायाधीश शम्भुप्रसाद बरालको इजलासले उक्त मुद्दामा आरोपितहरू कलैया–६ की राधा गुप्ता, कलैया–२२ का प्रवीणकुमार साह, सुवर्ण गापा–८ का बिगुकुमार कानु, सुवर्ण गापा–४ का चन्द्रिकाप्रसाद यादव, रौतहटको मौलापुर नगरपालिका–६ बस्ने कौशलकिशोर यादव, सन्तोष प्रसाद र अरूण कुमारलाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश भएको दाहालले बताए ।
त्यस्तै फरार हुनेमा भारत बिहारका मनोज गुप्ता, चञ्चल पाण्डे, रौतहटको मौलापुर नगरपालिका बस्ने विनोदराय यादव र विशालकुमार यादव रहेको तथा उनीहरूविरूद्ध अदालतले कानुनबमोजिम म्याद जारी गरेको उनले बताए ।
कात्तिक १३ गते कलैयामा दिउँसो भारतीय सुटरको गोली प्रहारबाट सर्राफको हत्या भएको थियो । सोही दिन प्रहरीले राधासहित केही व्यक्तिलाई पक्राउ गरेको थियो । तर मुख्य सुटर भनिएका भारत निवासी सुजित सिंह, चञ्चल पाण्डेसहित चार जना फरार भएका थिए तर सुजीत सिंहलाई विश्रामपुर गाउँपालिका–३ स्थित नेपाल–भारत सीमानाकाबाट पुस १० गते प्रहरीले गोली प्रहार गरी पक्राउ गरेको थियो ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

छोटी भन्सारको समस्या १५ दिनमा समाधान गर्न प्रजिअ अधिकारीको निर्देशन

वीरगंज, २ भदौ । बाराको प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले मटीअर्वा छोटी भन्सारको समस्याहरू १५ दिन भित्र सम्ममा समाधान...

सम्बन्धित खबर

- Advertisement -neelambads