search

बहुअरी पिपरामा सडक ढलानको काम हुँदै

पढ्न छुटाउनुभयो ?

परवानीपुर, २४ माघ/ वीरगंज महानगरपालिका–१४ बहुअरी पिपराको क्षेत्रमा वडा कार्यालयले वडास्तरीय बजेटबाट विभिन्न बस्तीका भित्री सडकहरू ढलान, मरम्मतसम्भार एवं निर्माण कार्य अघि बढाएको छ ।
वडाध्यक्ष महबुब एलाही अन्सारीका अनुसार महानगरपालिकाबाट वडा कार्यालयले रु ७० लाख वडास्तरीय बजेट प्राप्त गरेकोमा सामाजिक विकास शीर्षकबाहेकको बजेट रु ३० लाखमध्ये बहुअरीमा १० लाख, सानो पिपरामा छ लाख, ठूलो पिपरामा १२ लाख, राधेमाईमा दुई लाख छुट्याइएको छ ।
सबै काम स्थानीय उपभोक्ता समितिमार्फत अगाडि बढाइएको उनले बताए । त्यसैगरी सामाजिक विकास शीर्षकको रकमबाट खेलकूदमा तीन लाख, सिलाइकटाइमा पाँच लाख, कम्बल वितरणमा तीन लाख, शिक्षा र स्वास्थ्यमा एक/एक लाख, धार्मिक गतिविधिको लागि तीन लाख एवं आकस्मिक सहायताको लागि रु १० लाखलगायत ४० लाख छुट्याइएको उनले जानकारी गराए ।
Facebook Comments Box

ताजा खबर

एनपिएलः जनकपुर लगातार तेस्रो खेलमा पराजित

काठमाडौँ, ११ मङ्सिरः राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा साविक विजेता जनकपुर बोल्ट्स लगातार तीन खेलमा...

सम्बन्धित खबर

- Advertisement -neelambads