search

पूर्वाधारविना स्वास्थ्य सेवा अधूरो –उपराष्ट्रपति

पढ्न छुटाउनुभयो ?

वीरगंज, २८ माघ/ उपराष्ट्रपति रामसहाय यादवले पूर्वाधारविना कुनै पनि स्वास्थ्य सेवा अधूरो हुने बताएका छन् । आइतवार नारायणी अस्पतालको मातृ तथा शिशु स्याहार वार्डको उद्घाटन गर्दै उनले देशकै पुरानो अस्पतालको रूपमा रहेको नारायणी अस्पतालमा सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गर्दै गएमा सर्वसाधारणलाई सहयोग पुग्ने उनको भनाइ थियो । उपराष्ट्रपति यादवले स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउनुपर्नेमा जोड दिए ।
नेपालमा अहिले प्रतिस्पर्धाले गर्दा स्वास्थ्य सेवामा विकास हुँदै गएको तर तराई क्षेत्रमा तुलनात्मक हिसाबले कम विकास भइरहेकाले सबैजना मिलेर सहयोग गर्नुपर्ने उनले बताए । उनले अस्पताल व्यवस्थापकले गुणस्तरीय सेवा दिन आवश्यक पूर्वाधारसहित बिरामीलाई बस्ने, भेट्ने समय, शौचालय, सहज औषधि उपलब्ध गराउन निर्देशन दिए ।
कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले सामाजिक उत्तरदायित्व अन्तर्गत सबै कलकारखानाले आम्दानीको केही अंश सहयोग गरेमा चाँडै मुलुकको विकास हुने बताए । उनले वीरगंजको लागि ट्रमा सेन्टर खोल्ने तयारी पूरा गरेको जानकारी गराए ।
वीरगंज पनि स्वास्थ्य क्ष्Fेत्रमा अगाडि बढ्दै गएकोमा खुशी व्यक्त गर्दै ट्रमा सेन्टरको लागि आवश्यक परे वीरगंज चिनी कारखानाको जग्गा उपलब्ध गराउने बताए । उनले सबै काम पूरा भइसकेको र चाँडै ट्रमा सेन्टर निर्माण कार्य अगाडि बढ्ने बताए ।
कन्साइ नेरोलेक पेन्ट, वीरगंज महानगरपालिका र नारायणी अस्पतालको संयुक्त सहयोगमा ४५ लाख रुपैयाँको लागतमा २० शøयाको सुविधासम्पन्न मातृ तथा शिशु स्याहार भवन सञ्चालनमा आएको छ ।
अस्पताल विकास समितिका अध्यक्ष धीरज गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा नेरोलेक पेन्टका प्रतिनिधि अशोक बैद, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा चितरञ्जन साह लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा सङ्घीय सांसद अजय चौरसिया, प्रदीप यादव, प्रभु हजरा, प्रदेशसभा सदस्य जनार्दनसिंह क्षत्री, श्याम पटेल, नगरप्रमुख राजेशमान सिंह, उपप्रमुख इम्तियाज आलम, अजय द्विवेदीलगायतको सहभागिता थियो ।
Facebook Comments Box

ताजा खबर

एनपिएलः जनकपुर लगातार तेस्रो खेलमा पराजित

काठमाडौँ, ११ मङ्सिरः राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा साविक विजेता जनकपुर बोल्ट्स लगातार तीन खेलमा...

सम्बन्धित खबर

- Advertisement -neelambads