search

spot_img
spot_img

पर्साको कालिकामाई गाउँपालिका पूर्णखोप घोषणा

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, १ फागुन । पर्साको कालिकामाई गाउँपालिका पूर्ण खोप घोषणा भएको छ । गापा कार्यालय परिसरमा आयोजित एक समारोहबीच सो पालिका पूर्ण खोप घोषणा भएको हो ।
जिल्ला खोप समन्वय समिति, पर्साका उपसभापति एवं जिल्ला समन्वय समिति, पर्साका उपसभापति पुरनप्रसाद कुर्मीले गापा अध्यक्ष वशिष्ठ कुमारलाई पूर्ण खोप घोषणा भएको प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।
यसरी अब पर्सा जिल्लाको १४ वटा पालिकामध्ये वीरगंज महानगरपालिका, तीनवटा नगरपालिका र १० वटा गाउँपालिका सबै पूर्णखोप घोषणा भइसकेपछि जिल्ला पूर्णखोप घोषणा गर्न बाटो खुलेको छ । पछिल्लो सात वर्षको अवधिमा १४ वटा पालिका पूर्णखोप घोषणा भएका हुन् । भूकम्प, कोरोना महामारीले गर्दा पनि पालिका पूर्णखोप घोषणा हुन केही कठिनाइ भए तापनि अब जिल्ला पूर्ण खोप घोषणा हुने दिशामा अगाडि बढ्दा खुशी व्यक्त गरिएको थियो ।
गापा अध्यक्ष वशिष्ठ कुमारको अध्यक्ष्Fतामा भएको कार्यक्रममा प्रमुख अतिथि जिल्ला खोप समन्वय समितिका उपसभापति कुर्मी, स्वास्थ्य कार्यालय, पर्साका प्रमुख डा मुक्तिनारायण साह, युनिसेफ मधेस प्रदेश प्रमुख बेकी प्रसाई, अर्का प्रतिनिधि रनराज राना, स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुर, गापा उपाध्यक्ष राजमती बरइन्, प्रमुख प्रशासकीय अधिकृत नमोनाथप्रसाद यादवलगायतको सहभागिता थियो ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

भीषण भूस्खलन, बसमा ठोक्किँदा १५ जनाको निधन

नयाँदिल्ली, २२ असोज भारतको उत्तरी राज्य हिमाचल प्रदेशमा मङ्गलबार राति ठूलो भूस्खलनको भग्नावशेष बसमा ठोक्किँदा कम्तीमा १५...

सम्बन्धित खबर

- Advertisement -neelambads