search

spot_img
spot_img

‘एक ऐसा परवरिस’ भोजपुरी चलचित्र प्रदर्शन हुने

पढ्न छुटाउनुभयो ?

परवानीपुर, १ फागुन/ भोजपुरी कथानक चलचित्र ‘एक ऐसा परवरिस’ आगामी शुक्रवारदेखि वीरगंजका सिनेमाहलमा प्रदर्शन हुने भएको छ ।
फिल्म निर्माण युनिटले आज नेपाल पत्रकार महासङ्घ, पर्साको सभाहलमा पत्रकार सम्मेलन गरी फागुन ४ गते शुक्रवारदेखि वीरगंजको त्रिमूर्ति सिनेमाहलमा चलचित्र प्रदर्शन हुने कार्यक्रम तोकिएको जनाएको छ । चलचित्र निर्माता शिवप्रसाद कुर्मीले ३० लाख लागत रहेको यो चलचित्र गत फागुनदेखि छायाङ्कन र निर्माण शुरू भएको बताए ।
चलचित्रमा दशरथ दिवाना, सौम्या पोखरेल, दीपनारायण शर्मा, आराध्य श्रीवास्तवलगायत कलाकारहरूको अभिनय छ । दुई घण्टा २२ मिनेट अवधिको चलचित्रमा पाँचवटा गीत रहेको छ । सुनील तिवारी निर्देशित यो चलचित्रको कथा कृष्ण हमराहीले लेखेका छन् । गीत सुरेश सावरिया र सङ्गीत चन्दनको छ ।
यो चलचित्रको गीतहरूमा इन्दु सोनाली, शेख सर्फुद्दीन, गोलु शुक्ला, गीताञ्जलि तिवारीलगायत गायक–गायिकाहरूको स्वर रहेको छ ।
पत्रकार सम्मेलनमा भोजपुरी गायक सुनील पण्डित, जीतु जीतेन्द्र, ओम आर्या, प्रकाश नेपाललगायत कलाकारहरूको सहभागिता थियो ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

इन्धनको अवैध कारोबार गर्ने चालक पक्राउ

बारा, २३ असार । इलाका प्रहरी कार्यालय सिमराले जीतपुरसिमरा उपमहानगरपालिका–२२ अमलेखगंजबाट इन्धनको अवैध कारोबार भइरहेको स्थानबाट एक जनालाई पक्राउ...

सम्बन्धित खबर

- Advertisement -neelambads