search

spot_img
spot_img

कृपा दैनिकको वार्षिकोत्सवमा पुरस्कार वितरण

पढ्न छुटाउनुभयो ?

निजगढ, ५ फागुन/
कृपा दैनिकको २१औं वार्षिकोत्सव तथा पुुरस्कार वितरण कार्यक्रम शनिवार निजगढमा सम्पन्न भएको छ। कार्यक्रमका प्रमुुख अतिथि प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले रौतहट र सर्लाही जिल्लामा रही पत्रकारितामा योगदान पु–याउँदै आएका पत्रकारद्वय फणि महत र ओमप्रकाश ठाकुुरलाई उमादेवी स्मृति क्रियाशील पत्रकारिता पुुरस्कार प्रदान गरे। पत्रकारद्वय महत र ठाकुरलाई जनही २५ हजार नगद पुुरस्कार प्रदान गरिएको थियो।
त्यस्तै, बारा जिल्लामा रही पत्रकारितामा योगदान पुु–याउँदै आएका शारदा पोखरेललाई चन्द्रप्रकाश खनाल स्मृति क्रियाशील पत्रकारिता पुुरस्कार प्रदान गरियो। उनलाई दोसल्ला, सम्मानपत्रसहित १० हजार नगद प्रदान गरिएको थियो।
कार्यक्रममा नेपाली पत्रकारिता क्षेत्रका बेथितिलाई उजागर गर्दै सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने अध्यक्ष बस्नेतले बताए। पत्रकारिता क्षेत्रलाई बलियो संस्थागत बनाउन जति पत्रकारको भूमिका रहन्छ, त्यसभन्दा बढी सरकार जिम्मेवार हुनुपर्ने बताए।
कार्यक्रममा बारा क्षेत्र नं १ का सङ्घीय सांसद अच्युुत मैनालीले नेपाली पत्रकारिता क्षेत्रको भूमिकाको प्रशंसा गर्दै गरे। कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव गोविन्द चौलागाईंले पत्रकारको सकारात्मक भूमिकाबाट समृद्ध र सचेत समाज निर्माण हुने बताए।
कार्यक्रममा निजगढ नगरपालिकाका प्रमुख सुरथ पुरीले पत्रकारिताको माध्यमबाट जनप्रतिनिधिहरूलाई सचेत, सजग गराउनु पत्रकारिताको धर्म भएको बताए। उनले स्थानीय तहमा काम गर्न बाहिरबाट सहज देखिए पनि काम गर्दा त्यति नै बढी बाधा, अडचन हुुने गरेको बताए।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घ, बाराका अध्यक्ष रेशम तिवारी, समाजसेवी रुद्र धिताल, सन्तोष दङ्गाल, खडगप्रसाद उप्रेती, सञ्चारकर्मी जीतलाल श्रेष्ठलगायतले शुुभकामना व्यक्त गरेका थिए। कार्यक्रमको अध्यक्षता कृपा दैनिकका सम्पादक गोकुुल घोरसाइने र सञ्चालन कृष्णउदास खनालले गरेका थिए।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

खानेपानी मन्त्री यादवद्वारा वीरगंज महानगरपालिकालाई दुर्ई थान पिकअप गाडी हस्तान्तरण

वीरगंज, २० असार । खानेपानी मन्त्री प्रदीप यादवले वीरगंज महानगरपालिकालाई दुर्ई थान पिकअप गाडी हस्तान्तरण गरेका छन् । खानेपानी...

सम्बन्धित खबर

- Advertisement -neelambads