search

spot_img
spot_img

वीरगंज भन्सारले माघ सम्म लक्ष्य भेटाएन,१० महिनामा साढे ८६ अर्ब राजस्व असुली

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, १२ फागुन । वीरगंज भन्सार कार्यालयले चालू आवको गत साउनदेखि माघ सम्म पाएको राजस्व लक्ष्य भेटाएको छैन् । कार्यालयले भन्सार विभागबाट १ खर्ब ३९ अर्ब १ करोड७४ लाख ६७ हजार रुपैयाको राजस्व संकलनको लक्ष्य पाएकोमा कुल लक्ष्यको ६१ दशमलव ९२ प्रतिशत अर्थात ८६ अर्ब ५७ करोड ७५ लाख ३ हजार मात्रै राजस्व संकलन गरेको वीरगंज भन्सार कार्यालयले जनाएको छ । कार्यालयले भन्सार महसुलतर्फ रु ५६ अर्ब ५५ करोड ७ लाख १ हजारको लक्ष्य पाएकोमा ५६.७६ प्रतिशत आर्थात ३२ अर्ब १० करोड २४ लाख २० हजार मात्रै संकलन भएको छ भने मूल्य अभिवृद्धि करतर्फ सो कार्यालयले ५६ अर्ब ६७ करोड ८४ लाख ९२ हजार लक्ष्य पाएकोमा रु ६४.९ प्रतिशत अर्थात ३६ अर्ब ८३ करोड ९ लाख ८७ हजार संकलन गरेको छ ।
त्यसैगरी,अन्तशुल्कतर्फ वीरगंज भन्सार कार्यालयले विभागबाट८ अर्ब ३८ करोड ५९ लाख ७१ हजार लक्ष्य पाएकोमा ७३.४३ प्रतिशत अर्थात ६ अर्ब १५ करोड ७७ लाख ८६ हजार संकलन गरेको छ भने पूर्वाधार करतर्फ ११ अर्ब ५६ करोड ४२ लाख ४९ हजार लक्ष्य पाएकोमा ६४.१५ प्रतिशत अर्थात ७ अर्ब ४१ करोड ८७ लाख ७ हजार संकलन गरेको वीरगंज भन्सारको सूचना अधिकारी रामचन्द्र शर्मा ढकालले जानकारी गराए ।
यसैगरी,सो कार्यालयले कृषि सुधारकरतर्फ १ अर्ब ७३ करोड ६ लाख २६ हजार लक्ष्य पाएकोमा ४.४ प्रतिशत अर्थात ३ करोड ८९ लाख ७१ हजार राजस्व संकलन भएको छ,सडक मर्मत तथा सुधार करतर्फ ३ अर्ब ९१ कराड २३ लाख ६९ हजार ल्ष्य पाएकोमा ४९.४ प्रतिशत अर्थात १ अर्ब ९३ करोड ५९ लाख ७० हजार मात्रै राजस्व संकलन गरेको छ । त्यसैगरी,सडक निर्माण तथा सम्भार दस्तुरतर्फ ८० करोड ३४ लाख १६ हजार लक्ष्य पाएकोमा लक्ष्य भन्दा ३७.४२ प्रतिशत बढि अर्थात १ अर्ब १० करोड४० लाख २१ हजार राजस्व संकलन गरेको छ ।
गत आव २०७९/०८० को सो समिक्षा अवधी अर्थात साउनदेखि माघ सम्म वीरगंज भन्सार कार्यालयले १ खर्ब ४५ अर्ब १९ करोड ३६ लाख ६२ हजार लक्ष्य पाएकोमा ६१.३१ प्रतिशत अर्थात ८९ अर्ब १ करोड ७५ लाख १७ हजार राजस्व संकलन भएको थियो । गत आवको तुलनामा चालू आवमा लक्ष्य बढे पनि राजस्व असुली गत आवभन्दा झण्डै अढाई अर्ब कम भएको देखिन्छ । वीरगंज भन्सार कार्यालयको तथ्याक शाखा अनुसार गत आवभन्दा चालू आवको पछिल्लो १० महिनामा २ अर्ब ४३ करोड ९९ लाख ७९ हजार कम राजस्व असुली भएको बताइएको छ । बजारमा चुलिएको आर्थिक मन्दीको कारण औद्योगिक कच्चा पदार्थ र ट्रेडिङ समाग्रीको आयात घटदै गएकोले राजस्व संकलनमा कमी आएको भन्सार अधिकारीहरुले बताएका छन् ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

२०४७ को संविधान पुनरस्थापनाको विकल्प छैन– चन्द

रौतहट, १ भदौ । राष्ट्रिय नागरिक संघर्ष समितिका केन्द्रीय प्रवक्ता हिरा बहादुर चन्दले मुलुकलाई निकास दिन संविधान २०४७ पुनरस्थापना...

सम्बन्धित खबर

- Advertisement -neelambads