search

वीरगंजमा भव्यताका साथ जगन्नाथ यात्रा निकालियो

पढ्न छुटाउनुभयो ?

वीरगंज, १२ फागुन/ अन्तर्राष्ट्रिय कृष्णभावनामृत सङ्घ (इस्कोन) वीरगंजको आयोजनामा वीरगंजमा पहिलोपटक श्रीजगन्नाथ रथयात्रा निकालिएको छ ।
भारतको उडिसा राज्यको जगन्नाथपुरीमा वर्षाैदेखि निकालिंदै आएको यो रथयात्रा पछिल्लो समयमा नेपालको काठमाडौं र विराटनगरमा निकालिंदै आएको थियो । शनिवार पहिलोचोटी वीरगंजमा रथयात्रा आयोजना गरिएको हुँदा ठूलो सङ्ख्यामा भक्तजनको सहभागिता थियो । घण्टाघरबाट भव्यताका साथ निस्केको रथयात्रा मेनरोड माईस्थान, आदर्शनगर, अलखियामठ, कैलासरोड, वीरगंज महानगरपालिका, ठाराबक्याम्पस, स्वीमिङ्गपुल हुँदै आदर्शनगरस्थित पुरानो बसपार्कमा पुगेर समापन भएको थियो ।
रथयात्रामा सहभागी भक्तजनलाई महाप्रसादको पनि व्यवस्था गरिएको थियो । इस्कोन नेपालका प्रमुख पत्री दासको संयोजनमा भएको कार्यक्रममा वीरगंज महानगरका प्रमुख राजेशमान सिंह, विभिन्न मठमन्दिरका पुजारी, धार्मिक सङ्संस्थाका प्रतिनिधि, राजनीतिक दलका अगुवा र नेपाल–भारतबाट श्रद्धालुहरूको सहभागिता थियो ।
Facebook Comments Box

ताजा खबर

एनपिएलः जनकपुर लगातार तेस्रो खेलमा पराजित

काठमाडौँ, ११ मङ्सिरः राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा साविक विजेता जनकपुर बोल्ट्स लगातार तीन खेलमा...

सम्बन्धित खबर

- Advertisement -neelambads