search

पर्सामा आजदेखि दादुरा–रुबेला खोप अभियान शुरू

पढ्न छुटाउनुभयो ?

वीरगंज, १३ फागुन । नौं महीनादेखि १५ वर्षमुनिका बालबालिकालाई दादुरा–रुबेला खोप राष्ट्रिय अभियान फागुन १३ गतेदेखि पर्सामा शुभारम्भ भइरहेको छ । पर्सामा दुई चरणमा यो खोप शुरू भइरहेको हो ।

आइतवार बिहान ११ बजे वीरगंज मनपाको त्रिजुद्ध माविबाट औपचारिक समारोह गर्दै पर्सामा यो अभियान शुभारम्भ हुने स्वास्थ्य कार्यालय, पर्साले जनाएको छ ।
स्वास्थ्य कार्यालय, पर्साद्वारा वीरगंज हेल्थकेयर हस्पिटल गण्डकमा सरोकारवालाहरूसँग भएको अन्तत्र्रिmयामा जानकारी गराइएको हो । पहिलो चरणमा फागुन १३–२१ गतेसम्म र दोस्रो चरणमा फागुन २७ देखि चैत ५ गतेसम्म पर्साको १४ वटा पालिकाको हरेक वडाको खोप केन्द्रमार्पmत् यो खोप सञ्चालन हुनेछ । सरकारी र निजी विद्यालयका विद्यार्थीहरूले आआप्mनै विद्यालयमा खोप लगाउन पाउनेछन् ।
पर्सा जिल्लामा कुल दुई लाख १५ हजार ३५८ बालबालिकालाई खोप लगाउने लक्ष्य राखिएको छ ।
स्वास्थ्य कार्यालय पर्साका डा मुक्तिनारायण साहको अध्यक्षतामा भएको कार्यक्रममा वीरगंज मनपा स्वास्थ्य शाखा अनिल यादव, नेपाल पत्रकार महासङ्घ, पर्साका अध्यक्ष अनुप तिवारी, नेपाल उद्योग वाणिज्य सङ्घका अध्यक्ष अनिल अग्रवाललगायतको सहभागिता थियो ।

Facebook Comments Box

ताजा खबर

एनपिएलः जनकपुर लगातार तेस्रो खेलमा पराजित

काठमाडौँ, ११ मङ्सिरः राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा साविक विजेता जनकपुर बोल्ट्स लगातार तीन खेलमा...

सम्बन्धित खबर

- Advertisement -neelambads