search

नेशनल मेडिकलको विवादः काकालाई पदमुक्त गरेको भतिजाद्वारा घोषणा

पढ्न छुटाउनुभयो ?

वीरगंज, १३ फागुन । नेशनल मेडिकल कलेजका अध्यक्ष डा जैनुद्दीन अन्सारीका छोरा डा शाहनवाज अन्सारी र छोरी डा नुसरतजहा अन्सारीले आज नेपाल पत्रकार महासंघ पर्सामा पत्रकार सम्मेलन गरी काका बसरुद्दीन अन्सारीलाई पदमुक्त गरेको बताएका छन् ।
पत्रकार सम्मेलनमा शाहनवाजले मेडिकल कलेजको सञ्चालक समितिले यहि फागुन ४ गतेदेखि लागु हुने गरि आफुलाई एमडीमा नियुक्त गरेको दाबी गरे । फागुन ४ गते सम्पन्न मेडिकल कलेजको वार्षिक साधरण सभाले संस्थापक अध्यक्ष जैनुद्दिन अन्सारीकै अध्यक्षतामा तीन सदस्यीय सञ्चालक समिति गठन गरेको उनले बताए । वार्षिक साधाररण सभाले सञ्चालक अध्यक्षमा जैनुद्दिन अन्सारी, प्रबन्ध सञ्चालकमा आफुलाई र सञ्चालकमा नुशरत जहा अन्सारीलाई नियुक्त गरेको शहनवाजले जानकारी दिए ।
पत्रकार सम्मेलनमा शाहनवाजले यसअघिका एमडी बसरूद्दिनको कार्यशैली र गतिविधीमा कैफियत देखिएपछि सञ्चालक समितिले उनलाई एमडी पदबाट हटाएको प्रष्टिकरण पनि दिए । कानूनी रूपमा एक जना मात्र सञ्चालक समितिमा रहने व्यवस्था भएपनि कामको बोझले अध्यक्षले बसरूद्दिन अन्सारीलाई प्रबन्ध निर्देशकको जिम्मेवारी दिनुभएको उनले बताए । तर केहि समयदेखि काका बसरुद्दीन अन्सारीको कार्य सञ्चालनमा कैफियत देखियो । अध्यक्षले उनलाई पटक पटक सचेत पनि गराएका थिए । तर त्यसका बाबजुदपनि सुधार नआएपछि अध्यक्षले अन्सारीको अधिकार कटौती गर्दै पदमुक्त गरिएको बताए ।
पत्रकार सम्मेलनमा शाहनवाजले मेडिकल कलेजको एमडीबाट हटाएपछि बसरूद्दिनले अध्यक्ष जैनुद्दिनलाई ज्यान मार्ने धम्कीसमेत दिएको बताए । अध्यक्ष जैनुद्दिनले जिउज्यानको सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामा निवेदन दर्तासमेत गराइसकेको पत्रकार सम्मेलनमा शाहनवाजले बताए ।
२०५६ साल भदौं ३२ गतेदेखि विधिवत रूपमा सञ्चालनमा आएको नेशनल मेडिकल कजेज तथा शिक्षण अस्पतालको अध्यक्ष शुरूदेखि नै जैनुद्दिन अन्सारी छन् । शाहनवाजका अनुसार, शुरूमा मेकिडल कलेजमा जैनुद्दिनको ९० प्रतिशत र उनका साहिलो भाई बसरूद्दिनको १० प्रतिशत शेयर थियो । तर गत साउन २६ गते सम्पन्न साधरणसभाले अध्यक्ष जैनुद्दिनकै छोराछोरीहरूलाई राखेर शेयरधनीहरू थपेको थियो । जसअनुसार अब अध्यक्ष जैनुद्दिनको ४५ प्रतिशत,उनका छोरा शहनवाजको १५ प्रतिशत, छोरीहरू नुशरत जहानको १० प्रतिशत,निकहत यासमिनको १० प्रतिशत,इशंत जहानको १० प्रतिशत र साँहिलो भाई बसरूद्दिनको १० प्रतिशत शेयर रहेको पत्रकारसम्मेलनमा वितरण गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
तर अध्यक्ष जैनुद्दिनका भाई बसरूद्दिनले भने मेडिकल कलेजको एमडी अहिलेपनि आफू नै भएको दाबी गरे । मेडिकल कलेजको दर्ता, स्थापना, अदालतमा मुद्धा लड्ने लगायतका सबै काम आफुले नै गरेर २५ वर्षदेखि मेडिकल कलेज चलाउँदै आएको उनले बताए ।
वीरगंजको नेशनल मेडिकल कलेजमात्र नभइ काठमाडौं मडिकल कलेज र नेपाल मेडिकल कलेज गरी तीनवटा संस्थामा दाजुभाईको हिस्सेदारी रहेको भन्दै बसरूद्दिनले भने,‘ यी तीनवटै जायजेथाको अहिलेको चलनचल्तीको भाउ मुल्यांकन गरेर दूई दाजुभाईले बराबर भाग पाउनुपर्ने बताए ।
Facebook Comments Box

ताजा खबर

एनपिएलः जनकपुर लगातार तेस्रो खेलमा पराजित

काठमाडौँ, ११ मङ्सिरः राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा साविक विजेता जनकपुर बोल्ट्स लगातार तीन खेलमा...

सम्बन्धित खबर

- Advertisement -neelambads