search

spot_img
spot_img

नेशनल मेडिकल कलेजका नौं जना कर्मचारीको पुनरबहालीको माग गर्दै धर्ना

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, १४ फागुन/ नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंजको नया व्यवस्थापन समूहले तत्कालीन प्रबन्ध निर्देशक बसरूद्दीन अन्सारीका निकटतम नौंजना कर्मचारीलाई कारबाई गरी जागीरबाट हटाएपछि आज दुईसयजना कर्मचारीहरुले अस्पताल अगाडि धर्ना दिएका छन् । कर्मचारीहरुले नौंजना हटाइएका कर्मचारीहरुको पुनरबहालीको माग गर्दै धर्ना दिएका छन् ।
नेशनल मेडिकल कलेजले हिजो एक सूचना प्रकाशित गर्दै नौंजना कर्मचारीहरूलाई कर्मचारी आचरण विपरीत काम गरेको भन्दै सात दिन भित्र स्पष्टीकरण सोधिएको छ भने तीन महीनाको लागि उनीहरूलाई निलम्बन गरिएको जानकारी गराइएको छ । नेशनल मेडिकल कलेजमा कार्यरत कर्मचारीहरू हृदयनारायण सिंह, प्रयाग राउत अहिर, फिरोज हवारी, सैनुल्लाह अन्सारी, विजयप्रसाद यादव, रामजीप्रसाद कुशवाहा र अनवर हवारीलगायतलाई कारबाई गरिएको हो ।
कलेजका नया प्रमुख प्रशासकीय अधिकृत शेख गौशल आजमद्वारा हस्ताक्षरित सूचनामा उनीहरूलाई कारबाई गरिएको जनाइएको छ । फागुन ११ गते अस्पतालकी नर्सिंङ निर्देशक पदमा कार्यरत गङ्गादेवी गुरुङ, नर्सिङ मेट्रोन पदमा कार्यरत विकासकुमार तथा नर्सिङ सुपरभाइजर गोमा केसीलाई निजहरूकै कार्यकक्षमा युनियनसम्बन्धी विवाद हुँदा डर, त्रास, धम्की दिई ज्यान मार्नेसम्मको डर देखाई कार्याालयमा हुलहुज्जत गरेकोले श्रम ऐन२०७४ को दफा १३१(क) बमोजिम खराब आचरण देखाएकोले सो दफा अनुसार किन नहटाउने भन्दै स्पष्टीकरण सोधिएको छ ।
कारबाईमा परेका कार्मचारीहरूले युनियन दर्ता भएर प्रक्रियामा रहेकोले कर्मचारीहरूको एकता तोड्न आपूmहरूलाई कारबाई गरिएको आरोप लगाएका छन् । यस विषयमा श्रम ऐन अनुसार कानूनी लडाइँ लड्ने उनीहरूले जानकारी गराएका छन् ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

२०४७ को संविधान पुनरस्थापनाको विकल्प छैन– चन्द

रौतहट, १ भदौ । राष्ट्रिय नागरिक संघर्ष समितिका केन्द्रीय प्रवक्ता हिरा बहादुर चन्दले मुलुकलाई निकास दिन संविधान २०४७ पुनरस्थापना...

सम्बन्धित खबर

- Advertisement -neelambads