search

spot_img
spot_img

निजगढ विस्फोट अपडेटः तीनजनाको मृत्यु, दुईजना पक्राउ

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, १५ फागुन । निजगढमा भएको शंकास्पद वस्तु विस्फोटकमा मृत्यु हुनेको संख्या तीन पुगेको छ भने प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय, बाराका अनुसार शंकास्पद वस्तु पडकिंदा घाइते भएका पाँचजनामध्ये दुईजनाको हिजो र आज एकजनाको उपचारको क्रममा मृत्यु भएको छ ।
वीरगंज महानगरपालिका वडा नं.९ बस्ने वर्ष २० को रितु रजतको उपचारको क्रममा आज बिहान ७ः३० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ ।
यसैगरी प्रहरीले सो घटनामा अनुसन्धानको क्रममा भारत, मोतिहारी बस्ने वर्ष ४० को राज भन्ने रमेश जैसवाल (कबाडको सामान किन्ने व्यक्ति) र निजगढ न.पा.९ बस्ने वर्ष २९ को टिकाराम पाख्रिङ (कबाडि बेच्ने)लाई पनि पक्राउ गरेको जिप्रका, बाराका प्रवक्ता प्र.ना.उ.दधिराम न्यौपानेले जनाएको छ ।
फागुन १४ गते निजगढ नगरपालिका वडा नं.७ निजगढ बजार स्थित रेशम मगरको रोहित वर्कसप लेथमा ग्याँस बेल्डिङ गर्ने क्रममा वर्ष ४५ को रेशम मगरको बयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।
त्यसैगरी , भारतको गवाई वस्ने वर्ष ३५ को राकेश जैसवालको पनि बयोधा अस्पतालमा उपचारको क्रममा हिजो राति ९ः४० बजेको समयमा मृत्यु भएको थियो ।
यसैगरी विस्फोटमा परी घाइते भएका निजगढ नगरपालिका, वडा नं.०५ बस्ने ४५ को सुर्य बहादुर थापा, सामुदायिक प्रसुति गृह अस्पताल निजगढ बारामा उपचार भई रहेको छ भने वीरगंज महानगरपालिका वडा नं.९ बस्ने अं.वर्ष ३४ को फिरोद देवान, बयोधा अस्पताल र भारत, रामघडवा बस्ने वर्ष २० को अरविन साहको पनि उपचार भइरहेको छ ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

२०४७ को संविधान पुनरस्थापनाको विकल्प छैन– चन्द

रौतहट, १ भदौ । राष्ट्रिय नागरिक संघर्ष समितिका केन्द्रीय प्रवक्ता हिरा बहादुर चन्दले मुलुकलाई निकास दिन संविधान २०४७ पुनरस्थापना...

सम्बन्धित खबर

- Advertisement -neelambads