search

spot_img
spot_img

लङ्गडीका दुई नाबालिकाका लागि छ लाख सहयोग जुट्यो

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

परवानीपुर, १६ फागुन/ पर्सा जिल्ला धोबिनी गाउँपालिका–४ लङ्गडीकी दुईजना नाबालिकाको लागि रु छ लाख छ हजार पाँच सय सहयोग राशि उठेको छ । विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशित भएपछि नाबालिकाहरूलाई विभिन्न माध्यमबाट सहयोग रकम प्राप्त भएको हो । देश र विदेशबाट आर्थिक सहयोगका साथै लत्ताकपडा र खाद्यान्न पनि सहयोग प्राप्त भएको पत्रकार राजन बनियाँले बताए । उनले १० वर्षीया नाबालिका प्रियङ्का र सात वर्षीय मनीषा कुमारीका हजुरआमाको यही फागुन १४ गते १२ दिने काजक्रिया सम्पन्न भएको बताए ।
उनले दुई नाबालिकालाई गाउँमैं सहारा दिएर राख्ने गाउँलेहरूले सोच बनाएको बताए । उनले फागुन १९ गते गाउँभेला डाकिएको र सो भेलाबाट उनीहरू दुवैजनाको व्यवस्थापनबारेमा विचारविमर्श हुने बताए ।
दुई नाबालिकाको जगरनाथपुर–६ सन्ठी टोलमा घर छ । बुबा गरीब भएकाले दुईजना नाबालिकाहरू आमासँगै लङ्गडी मामाघरमा बस्दै आएका थिए । बुबा भारत, पञ्जाब कमाउन गएका बेला हत्या भएको र आमा नौ वर्षअघि परपुरुषसँग सम्बन्ध बनाएर गएपछि ती नाबालिकाहरू टुहुरा भएका थिए र उनीहरूका हजुरआमाले भीख मागेर भरणपोषण गर्दैै आएकी थिइन् । उनै हजुरआमाको पनि फागुन २ गते मृत्यु भएपछि यी दुई नाबालिका बेसहारा भएका थिए ।
काजक्रिया गर्न पनि पैसा नभएको सञ्चारमाध्यममा समाचार आएपछि आर्थिक सहयोग जुटेको हो । अहिले उनीहरूको पालनपोषणमा गैरसरकारी संस्थाहरूले पनि चासो देखाएपछि सन्ठी निवासी काका श्यामबदन ठाकुरले पालनपोषण गर्ने इच्छा जाहेर गरेका छन् । यी सबै विषयमा शनिवार छलफल हुने पत्रकार बनियाँले बताए ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

२०४७ को संविधान पुनरस्थापनाको विकल्प छैन– चन्द

रौतहट, १ भदौ । राष्ट्रिय नागरिक संघर्ष समितिका केन्द्रीय प्रवक्ता हिरा बहादुर चन्दले मुलुकलाई निकास दिन संविधान २०४७ पुनरस्थापना...

सम्बन्धित खबर

- Advertisement -neelambads