search

spot_img
spot_img

जीतपुरसिमरा महोत्सवको तयारी पूरा

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

परवानीपुर, १७ फागुन/ फागुन १८ गतेदेखि शुरू हुन लागेको जीतपुरसिमरा महोत्सवको तयारी पूरा भएको छ । आयोजकले बिहीवार महोत्सव स्थलमा पत्रकार सम्मेलन गर्दै प्रथम संस्करणको यो महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
पत्रकार सम्मेलनमा महोत्सव आयोजक मूल समारोह समितिका अध्यक्ष्F मोहन शर्मा लामिछानेले फागुन २९ गतेसम्म हुने महोत्सवमा १५० भन्दा बढी विभिन्न व्यावसायिक प्रतिष्ठानका स्टल रहने जानकारी गराए । करीब रु ५० लाख लागत खर्च अनुमान गरिएको सो महोत्सवमा थारू समुदायको रीतिरिवाज झल्किने संस्कृति, नेपाली सेना एवं सशस्त्र प्रहरीले आआफ्नो चिनारी झल्काउने स्टल राख्ने जनाएका छन् ।
त्यसैगरी, अटोमोबाइल, खाद्यान्न, निर्माण सामग्रीलगायतका उद्योगहरूले स्टल राख्नेछन् । साथै विभिन्न परिकार बिक्रीको लागि स्टार्टअप तथा पसल व्यवसायीहरूको लागि स्टल बुकिङ भएको उनले जानकारी गराए । आर्थिक मन्दीबाट देश गुज्रिरहेको अवस्थामा सर्वसाधारणको भीड बढाउने र परिवारजनसँग मेला घुमघामसँगै खरीद–बिक्री र मनोरञ्जन प्रदान हेतु आयोजना गर्न लागेको महोत्सवको मुख्य नारा ‘कृषि पर्यटन, खेल, उद्योग र व्यापार, जीतपुरसिमरा मधेस समृद्धिको मुख्य आधार’ रहेको छ ।
महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहनेछ । महोत्सव फागुन १८ गते दिउँसो २ बजेदेखि औपचारिकरूपमा मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवले उद्घाटन गर्ने कार्यक्रम छ । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आगमन हुने चर्चा भएपनि उनको व्यस्तताको कारण आउने सम्भावना कम छ ।
जीतपुरसिमरा नगर उद्योग वाणिज्य सङ्घको आयोजनामा भइरहेको सो महोत्सवको पत्रकार सम्मेलनमा नगर उवासङ्घका महासचिव प्रकाश गिरी, साझेदारी वन महासङ्घ, मधेस प्रदेशका अध्यक्ष गणेशजीप्रसाद साह, नेकपा माओवादीका बारा अध्यक्ष क्षत्रबहादुर श्रेष्ठ अनिल, नेपाल पत्रकार महासङ्घ, बाराका अध्यक्ष रेशम तिवारीलगायतको सहभागिता थियो । कार्यक्रमको सहजीकरण महोत्सवका सूचना विभाग प्रमुख राजुराज गिरीले गरेका थिए ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

२०४७ को संविधान पुनरस्थापनाको विकल्प छैन– चन्द

रौतहट, १ भदौ । राष्ट्रिय नागरिक संघर्ष समितिका केन्द्रीय प्रवक्ता हिरा बहादुर चन्दले मुलुकलाई निकास दिन संविधान २०४७ पुनरस्थापना...

सम्बन्धित खबर

- Advertisement -neelambads