search

spot_img
spot_img

प्रदीप पोलिथिनमा व्यवस्थापकले लगायो ताला

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

परवानीपुर, १७ फागुन/ बारा, परवानीपुर गाउँपालिका–४ चैनपुरस्थित करीब चार दशकदेखि सञ्चालनमा रहेको प्रदीप पोलिथिन इन्डस्ट्रिज प्रालिमा व्यवस्थापन पक्षले ताला लगाएको छ ।
आर्थिक मन्दीबाट गुज्रिरहेको अवस्थामा मजदूरहरूको विवादका कारण व्यवस्थापन पक्षले गत फागुन १५ गतेदेखि मूलगेटमा तालाबन्दी गरेको हो । तालाबन्दी भएको जानकारी पाएपछि सो उद्योगमा कार्यरत मजदूरहरू मर्कामा परेका छन् । उनीहरूले व्यवस्थापन पक्षले सूचना जारी नगरी अचानक मूलगेटमा तालाबन्दी गर्नु दुःखद भएको भन्दै विरोध जनाएका छन् । उनीहरूले ताला खोलाउन व्यवस्थापन पक्षसँग आग्रह गरेका छन् ।
नेकपा एमालेनिकट समग्र उद्योग ट्रेड युनियन नेपाल एकाइ अध्यक्ष गोपीलाल राउत कुर्मीले उद्योग व्यवस्थापन पक्षले मजदूरहरूको श्रम शोषण गर्न मासिक सेवासुविधाबाट मजदूरहरूलाई जगेडामा राख्दै १५ दिनको लागि प्रतिदिन रु २०० को दरले तीन हजार दिन थालेपछि टे«ड युनियनले श्रम कार्यालय वीरगंजमा छानबीन गर्न उजूरी गरेको बताए । यसै विषयमा श्रम कार्यालयले रोजगारदाता र मजदूरहरूलाई फागुन २१ गते वार्ताको लागि बोलाएको छ ।
त्यसैको निहुँमा व्यवस्थापन पक्षले मजदूरहरूको रोजगार खोस्न उद्योगमा तालाबन्दी गरेको हुन सक्ने मजदूरहरूको आरोप छ ।
वीरगंजका व्यवसायी देवकीनन्दन अग्रवाल सञ्चालक रहेको सो उद्योगमा १२ जना स्थायी र छजना दैनिक ज्यालादारी गरी १८ जना कार्यरत छन् । प्लास्टिकको बाल्टिन बनाउने सो उद्योगको व्यवस्थापन पक्षले मजदूरहरूलाई मासिक जगेडामा राख्दै तलब भत्ता घटाउँदै जाने र अन्त्यमा मजदूरहरू बाध्य भएर नोकरी छाड्ने मनसायले गैरकानूनी काम गरिरहेको मजदूरहरूको भनाइ छ ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

सुबोध स्मृति पत्रकारिता पुरस्कार’बाट क्रान्ति साह पुरस्कृत

वीरगंज, १ भदौ । स्व. सुबोध सिंहको स्मृतिमा प्रतीक प्रकाशन समूहले स्थापना गरेको ५१ हजार राशिको पुरस्कार मधेस खबरका...

सम्बन्धित खबर

- Advertisement -neelambads