search

spot_img
spot_img

वीरगंजमा व्यावसायिक फूलखेती शुरू

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

राधेश्याम पटेल, परवानीपुर, २० फागुन/ तराई–मधेसमा नगन्य मात्रामा लगाइने फूलखेती अब विस्तार हुन थालेको छ । तराई–मधेसको गर्मी मौसममा फूलखेती फस्टाउँदैन भनेर धेरैले फूलखेतीमा हात हाल्दैनन् । तर पछिल्लो समय वीरगंजका एक युवक पारम्परिक बाली धान, गहुँ, दलहन, तेलहन, तरकारीको साटो फूलखेतीमा सक्रिय देखिएका छन् ।
पर्सा, वीरगंज–१६ इनर्वाका रमेश पटेलले यस वर्षदेखि १२ कट्ठामा सयपत्री (रातो–पहेंलो), कामिनी, गुलाब, निली, जर्बेरा फूलको खेती शुरू गरेका छन् भने निकट भविष्यमा करीब १० बिघा क्षेत्रफल जग्गामा व्यावसायिक फूलखेती विस्तार गर्ने लक्ष्य लिएका छन् । हाल १२ कट्ठा जग्गामा करीब दुई लाख रुपैयाँको लगानीमा सात महीना अघिदेखि फूलखेती शुरू गरेको उनले बताए ।
सात महीनापछि सयपत्री फूलको उत्पादन शुरू भएको बताउँदै उनले एक दिन बिराएर महीनामा १५ दिन दैनिक ३० हजार मूल्य बराबरको फूल उत्पादन भइरहेको उनले बताए । सो क्षेत्रफलमा दैनिक १५ टोकरीको दरले फूल उत्पादन भइरहेको छ । एक टोकरी फूल दुईदेखि तीन हजार रुपैयाँमा बिक्री हुने गर्छ । भाउ महँगो भएको बेला फूल किलोको रु ५० सम्म बिक्री हुने गरेको उनले बताए ।
वीरगंजमा कुनै पनि चाडपर्व, पूजा, धार्मिक उत्सव, वैवाहिक कार्यक्रममा फूलको खपत बढ्ने गर्छ । वीरगंजमा भारतको पश्चिम बङ्गालबाट फूलको आपूर्ति हुने गर्छ । पटेलले स्थानीयस्तरमैं फूल उत्पादन गरी आयातलाई कम गर्ने उद्देश्यले फूलखेतीमा हात हालेको बताए । निकट भविष्यमा वीरगंज, कलैया, जीतपुरसिमरा, हेटौंडा, चितवन, काठमाडौंमा फूल आपूर्ति गर्ने लक्ष्य राखेको उनले बताए ।
फूलखेती गर्नको लागि उनका बुबा ओशियरराउत कुर्मी र उनी पश्चिम बङ्गालको व्यावसायिक फूलखेती फार्म हाउसमा पुगेर अध्ययन, अवलोकन गरेर फर्केपछि फूलखेती शुरू गरेका हुन् । फूलखेतीको लागि मौसम, बीउ, मलखाद, कीटनाशक औषधिलगायतको विषयमा जानकार हुनुपर्ने उनले बताए ।
वैदेशिक रोजगारमा युवा विदेश गइरहेको अवस्थामा उनले परम्परागत खेतीको साटो फूलखेती गरेर नेपाली माटोमा सुन फलाउने योजना बनाएका छन् । विदेशमा पहिलेजस्तो अहिले आकर्षक तलबभत्ता नपाउने भएकोले उनले नेपालमैं युवाहरूलाई कृषि उद्यम गर्न सुझाव दिएका छन् ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

२०४७ को संविधान पुनरस्थापनाको विकल्प छैन– चन्द

रौतहट, १ भदौ । राष्ट्रिय नागरिक संघर्ष समितिका केन्द्रीय प्रवक्ता हिरा बहादुर चन्दले मुलुकलाई निकास दिन संविधान २०४७ पुनरस्थापना...

सम्बन्धित खबर

- Advertisement -neelambads