परवानीपुर, २० फागुन/ वर्तमान वैज्ञानिक युगमा कुनै पनि मेशीनको निर्माण गर्नु असम्भव छैन भन्ने भनाइलाई वीरगंजका विद्यार्थीले गरेर देखाएका छन् ।
वीरगंज इन्स्ट्च्यिुट अफ इन्फर्मेशन टेक्नोलोजी (बिआइटी)मा अध्ययनरत विद्यार्थीहरूले मेशीनको निर्माण गरिरहेका छन् । बिआइटीमा मेकानिकल इन्जिनीयर तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरूले इन्जिनको सहाराले सहजै आकाशमा उड्ने अल्ट्रालाइट एयरक्राफ्टको निर्माण गरिरहेको जनाएका छन् ।
यसअघि, सो क्राफ्ट गण्डकी प्रदेशको पोखरामा निर्माण गरिएको थियो । कलैया उपमहानगरपालिका–३ बैधनाथपुरका बलिराम मण्डल र कृष्णकुमार मण्डलको सक्रियता र अवधारणामा तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरूको सहयोगमा सो क्राफ्ट निर्माण गरेका छन् । अल्ट्रालाइट एयरक्राफ्ट निर्माण कार्य सम्पन्न भएर परीक्षण उडान गर्न मात्र बाँकी रहेको कलेजका मेकानिकल विभागका एचओडी इन्जिनीयर जयप्रकाश बिराजी (यादव)ले जानकारी गराए ।
कलैया, मदर्सा स्कूलबाट एइई उत्तीर्ण गरेका मण्डल दाजुभाइले कक्षा १० देखि नै सो क्राफ्ट निर्माण गर्ने विषयमा काम गर्दै आएका र अहिले मेकानिकल इन्जिनीयरिङ कोर्षको अन्तिम वर्षको समयमा निर्माण कार्य पूरा गरेका छन् ।
अल्ट्रालाइट एयरक्राफ्टमा २२० सीसी मोटरसाइकलको इन्जिन, पाइप, फलाम, ईरिक्शाको चक्का, काठको प्रोपेलर, कपडाको छातालगायत सामग्री जडान गरिएका छन् ।
क्राफ्ट निर्माण भएपछि जमीनमा गुडाएर परीक्षण गरिएको र थप आधुनिकता दिएर चाँडै विज्ञहरूको टोलीहरूको सहभागितामा परीक्षण उडान गर्ने लक्ष्य राखिएको मण्डलले बताए ।
अल्ट्रालाइट एयरक्राफ्ट निर्माण भएपछि दुईजना सहजै आकाशमा उड्न सक्ने र खेतबालीमा कीटनाशक औषधि छर्न सक्ने, आगलागी नियन्त्रण गर्न सक्ने र पर्यटकीय क्षेत्रमा अवलोकन गर्न सक्ने मण्डलले बताए ।

Facebook Comments Box