वीरगंज, २० फागुन/ मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले भोजपुरी भाषालाई कामकाजी भाषा बनाउने गृहकार्य भइरहेको बताएका छन् ।
वीरगंजमा शनिवार साहित्यिक चौतारी नेपालको १०औं वार्षिकोत्सवमा उनले मधेसमा नेपाली भाषासहित भोजपुरी र मैथिली भाषालाई कामकाजी भाषा बनाउन आवश्यक रहेको बताए । सभामुख मण्डलले सङ्घीयता आएसँगै स्थानीय सरकारलाई स्थानीय भाषासँग जोड्ने काम गरेको बताउँदै अहिलेको सत्ताले भाषालाई मलजल गर्ने बताए ।
उनले नेपाल सानो देश भएपनि भाषमा विविधता रहेको बताए । सभामुख मण्डलले विविधतामा एकता र सुन्दरता हुने भएकोले त्यसलाई व्यवस्थापन गर्न सके देशमा शान्ति छाउने बताए । पाठ्यक्रम बनाउन शिक्षक, विद्यार्थी र अभिभावकलाई सामेल गराउनुपर्ने बताउँदै उनले आयातित शिक्षाले हाम्रो इतिहास मेटाउने काम गरिरहेको र व्यक्तित्वलाई ओझेलमा पारेको बताए ।
कार्यक्रममा साहित्यिक चौतारी नेपालका वरिष्ठ सल्लाहकार एवं नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वप्राज्ञ सदस्य प्राडा देवी नेपाल, शिक्षा विभागका निर्देशक गणेश भट्टराई, पूर्वसांसद सुन्दर विश्वकर्मा, मजदूर नेता आनन्द थामी, उपप्रध्यापक वीरेन्द्रप्रसाद साह, प्रेस चौतारी पर्साका अध्यक्ष तुलसी भण्डारी, सृजनशील साहित्य समाजका पूर्वअध्यक्ष नारायणप्रसाद भण्डारीलगायतको सहभागिता थियो ।
साहित्यिक चौतारी नेपालकी अध्यक्ष गीता भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत कोषाध्यक्ष कमला ढकाल र सञ्चालन महासचिव रामप्रसाद सङ्गमले गरेका थिए । कार्यक्रममा चारवटा कृति विमोचन गरिएको छ ।

Facebook Comments Box