search

माछाको लागि कुटाकुट, सहमतिमा विवाह

पढ्न छुटाउनुभयो ?

वीरगंज, ३० फागुन । जन्तीलाई भोजमा माछा–भात नखुवाएको विषयलाई लिएर विन्ध्यवासिनी गाउँपालिकाको एउटा वैवाहिक कार्यक्रम भाँडिएकोमा एक सातापछि सहमति जुटेर वैवाहिक कार्यक्रम सम्पन्न भएको छ ।
सखुवाप्रसौनी गापाको देउरवानाबाट विन्ध्यवासिनी गापा–४ मधवल टोलमा फागुन २१ गते राति जन्ती गएको थियो । जन्तेहरूले माछा–भातको माग गरेका थिए । जन्तेको लागि तयार गरिएको भोजनमा माछा नभएको र माछा माग गर्दा तत्काल व्यवस्था गर्न नसकिने बेहुली पक्षले भनेपछि दुवै पक्षबीच विवाद भई कुटाकुट भएको थियो ।
जन्ते र बेहुली पक्षबीच कुटाकुट भएपछि प्रहरीको सहजीकरणमा फागुन २३ गते सहमति भएको र हिजो सोमवार वैवाहिक कार्यक्रम सम्पन्न भएको थियो । कुटाकुटमा बेहुलाका बुबालगायत घाइते भएका थिए ।
Facebook Comments Box

ताजा खबर

एनपिएलः काठमाडौँको दोस्रो जित, लुम्बिनीको ‘प्लेअफ’ सम्भावना कठिन

काठमाडौँ, ९ मङ्सिरः नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमाडौँ गोर्खाजले दोस्रो जित निकालेको छ । दोस्रो जित दर्ता गर्ने क्रममा काठमाडौँले...

सम्बन्धित खबर

- Advertisement -neelambads