search

आठजना बालकको मुम्बइबाट उद्धार

पढ्न छुटाउनुभयो ?

वीरगंज, २ चैत । जिल्ला प्रहरी कार्यालय, बाराले आठजना बालकको भारतबाट उद्धार गरी अभिभावकको जिम्मा लगाएको छ ।
नेपालबाट विभिन्न मितिमा बालकहरू छिमेकी राष्ट्र भारतको मुम्बई शहरमा मजदुरी गरेर बसेको सूचनाको आधारमा प्रहरीले उनीहरुको उद्धार गरेको हो ।
१३ देखि १७ वर्षभन्दा मुनिका रौतहट जिल्लाका ७ जना र कपिलवस्तु जिल्लाका १ जना गरी ८ जना बालकहरूलाई बाल कल्याण समिति, बाल हेल्पलाइन लगायत सम्बन्धीत विभिन्न संघ संस्थाहरू र जिल्ला प्रहरी कार्यालय बारा समेतको सहकार्यमा भारतको मुम्बईबाट उद्धार गरी स्वदेश फिर्ता ल्याएको जिप्रका, बाराका प्रवक्ता प्रहरी नायब उपरीक्ष्Fक दधिराम न्यौपानेले बताए ।
उनीहरुलाई बिहीवार अभिभावकको जिम्मा लगाइएको प्रवक्ता न्यौपानेले जानकारी गराएका छन् ।
Facebook Comments Box

ताजा खबर

एनपिएलः काठमाडौँको दोस्रो जित, लुम्बिनीको ‘प्लेअफ’ सम्भावना कठिन

काठमाडौँ, ९ मङ्सिरः नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमाडौँ गोर्खाजले दोस्रो जित निकालेको छ । दोस्रो जित दर्ता गर्ने क्रममा काठमाडौँले...

सम्बन्धित खबर

- Advertisement -neelambads