परवानीपुर, १ चैत/ वीरगंज–२१ परवानीपुरमा सञ्चालित पाना पेपर वक्र्समा व्यवस्थापन पक्ष र मजदूरबीच उत्पन्न विवाद साम्य भएको छैन ।
दुई महीनाको अवधिमा आठजना मजदूरलाई हटाएपछि मजदूरहरूले धर्ना शुरू गरेका थिए । निष्कासित मजदूरहरूको पुनर्बहाली र श्रम ऐन अनुसार सेवासुविधा उपलब्ध गराउनुपर्ने माग गर्दै उनीहरूले मूलगेटमा टेन्ट र ब्यानर झुन्डाइ धर्ना दिंदै आएका छन् ।
व्यवस्थापन पक्षले उद्योग सञ्चालनमा असर नगर्ने गरी विरोधका कार्यक्रम गर्न आग्रह गरेको थियो । मङ्गलवार मजदूर र व्यवस्थापन पक्षबीच झडपको अवस्था सिर्जना हुँदा सुरक्षाकर्मीले अवस्था साम्य बनाएको थियो । व्यवस्थापन पक्षले समस्या समाधान गर्न वार्ताको लागि पहल नगरेको मजदूरहरूले आरोप लगाएका छन् । व्यवस्थापन पक्षले जबसम्म आपूmहरूको माग सम्बोधन गर्दैन विरोध र आन्दोलनका कार्यक्रम जारी राख्ने मजदूरहरूले बताएका छन् । ८० जनाभन्दा बढी मजदूर काम गर्ने सो उद्योगमा २७ जना स्थायी मजदूर भएकाले नेपाली काङ्ग्रेसनिकट कारखाना श्रमिक सङ्घ एकाइ कमिटी गठन गर्न लागेको थाहा पाएपछि व्यवस्थापन पक्षले शुरूमा छजना र पछि दुईजना गरी आठजना मजदूरलाई निकालको थियो । त्यसैगरी, आन्दोलन शुरू भएपछि केही मजदूरलाई व्यवस्थापन पक्ष्Fले हटाएको छ ।
आधिकारिक ट्रेड युनियनको विषयमा श्रम कार्यालय वीरगंजले निर्णय गर्न ढिलो गर्दा मजदूर र व्यवस्थापन पक्षबीच द्वन्द्व बढ्दै गएको मजदूर नेताको आरोप छ । श्रम कार्यालय वीरगंजका प्रमुखको उदासीनताका कारण मजदूर मर्कामा परेको आरोप लगाइएको छ । पाना पेपरको ट्रेड युनियनको विषयमा निर्णय गर्नसमेत मजदूरहरूले माग गरेका छन् । यस विषयमा उद्योग प्रशासन प्रमुख ताराचन्दप्रसाद यादवले उद्योगभित्र आउने कामदारलाई कुनै असर नगरी मूलगेटको छेउमा मजदूरको धर्ना जारी रहेको बताएका छन् । उनले ट्रेड युनियन दर्ता प्रक्रियामा केही त्रुटि रहेकोले हामीले सच्याउन माग गरेको र त्यसपछि मजदूरहरूसँग वार्ता हुन सक्ने बताए ।

Facebook Comments Box