परवानीपुर, १ चैत/ स्वास्थ्य कार्यालय, पर्साको आयोजनामा पर्साका पत्रकारहरूसँग कुष्ठरोग एवं सुरक्षा संरक्षण विषयक अभिमुखीकरण गोष्ठी बिहीवार सम्पन्न भएको छ ।
स्वास्थ्य कार्यालय, पर्साको सभाहलमा सम्पन्न एक दिने अभिमुखीकरण कार्यक्रममा पर्सामा कुष्ठरोग नियन्त्रणका लागि चालिएका पाइला तथा प्राप्त उपलब्धिका विषयमा छलफल भएको थियो । माइक्रो बायोलोजिकल ब्याक्टेरियम लेप्रिकबाट सर्ने यो रोग दुई किसिमको हुन्छ । एउटा बढी सङ्क्रमित र अर्को कम सङ्क्रमित हुन्छ । सरकारबाट निश्शुल्करूपमा प्राप्त औषधि नियमित खाए छ महीनादेखि बढीमा २४ महीनाभित्र यो रोग निको हुने भएकोले रोगलाई लुकाउनुको साटो नजीकको स्वास्थ्य संस्थामा चेकजाँच गरी औषधि खान स्वास्थ्यकर्मीहरूले सुझाव दिएका थिए ।
चालू आवमा पर्साका ११ वटा पालिकामा ४२ जना नयाँ कुष्ठरोगी भेटिएका छन् । पर्सामा चालू आवमा ३६ जना कुष्ठरोगी निको भएका छन् भने औषधिसेवन गरिरहेका १९ जना कुष्ठरोगी रहेको अन्तत्र्रिmयामा जानकारी गराइएको थियो । त्यसैगरी, मधेस प्रदेशका आठ जिल्लासहित तराईका १४ वटा जिल्ला कुष्ठरोगको दृष्टिकोणले जोखिममा रहेको र ती जिल्लाहरूलाई अहिले केन्द्र सरकारले रेडजोनमा राखेको छ । नेपालभरि २,५२२ जना कुष्ठरोगी रहेकामा ३७ प्रतिशत रोगी मधेस प्रदेशका आठ जिल्लामा रहेको बताइएको छ ।
मधेसका आठ जिल्लामध्ये सप्तरीबाहेक सातवटा जिल्लामा कुष्ठरोगीको सङ्ख्या बढी देखिएको छ । पर्साका १४ वटा पालिकामध्ये सबैभन्दा बढी वीरगंज महानगरपालिकामा १७ जना नयाँ कुष्ठरोगी भेटिएका छन् । कुष्ठरोगीको श्वासप्रश्वासबाट ब्याक्टेरियाको सम्पर्कमा आएपछि यो रोग लाग्छ, जसले नसा र छालामा असर गर्छ । यस रोगको उपचार लामो समयसम्म नगरे शारीरिकरूपमा अशक्तता देखा पर्छ । जनचेतनाको अभाव र अशिक्ष्Fाका कारण यो रोग समाजबाट निर्मूल हुन नसकेकोले सञ्चारकर्मीलाई यस विषयमा कलम चलाउन आयोजक स्वास्थ्य कार्यालयले आग्रह गरेको थियो ।
स्वास्थ्य कार्यालय, पर्साका प्रमुख डा मुक्तिनारायण साह र नेपाल पत्रकार महासङ्घ, पर्साका अध्यक्ष अनुप तिवारीले समापन समारोहमा मन्तव्य व्यक्त गरेका थिए । पर्साका ठोरी, सखुवाप्रसौनी र पर्सागढीमा चालू आवमा नयाँ कुष्ठरोगी भेटिएका छैनन् ।

Facebook Comments Box