वीरगंज, १ चैत/ वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले सार्वजनिक महत्वका मुद्दालाई अदालतले प्राथमिकतामा राखेर सक्दो छिटो फैसला दिनुपर्ने सुझाव दिएका छन् ।
उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगंजद्वारा बिहीवार आयोजित मेलमिलापकर्ताहरूसम्बन्धी आठ दिने आधारभूत तालीमको उद्घाटन गर्दै नगरप्रमुख सिंहले सार्वजनिक महत्वका मुद्दाहरू अदालती अडचनले ढिलो फैसला हुँदा विकास कार्य प्रभावित भइरहेकोतर्फ सहभागी न्यायाधीशहरूको ध्यानाकर्षण गराएका थिए ।
उनले सडक, शिक्षा, स्वFस्थ्य जस्ता विषयमा अदालतमा मुद्दा पर्ने गरेको र निषेधाज्ञा र तारिखमा लामो समय अल्झिनुपर्दा विकास निर्माण कार्य प्रभावित भएको बताए । उनले यस्ता मुद्दाहरूलाई पनि मेलमिलापको माध्यमबाट सजिलै फछ्र्योट गर्दा विकास निर्माण कार्यले गति लिने सुझाव दिए । थुप्रै मुद्दा अल्झिएर विकास निर्माण कार्य अवरोध भएको भन्दै उनले न्यायाधीशहरूको ध्यानाकर्षण गराएका थिए ।
नगरप्रमुख सिंहले मेलमिलापको नीति अति राम्रो भन्दै यसबाट दुवै पक्ष सन्तुष्ट हुने र रिस, राग, द्वेषको अवस्था नरहने बताउँदै यसलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने तर केही कानून व्यवसायीहरू यस कार्यमा बाधक बनेका आरोप लगाए । उनले कानून व्यवसायीहरूको सकारात्मक भूमिकाले मेलमिलाप प्रभावकारी हुने बताए ।
नेपाल बार एशोसिएशनका उपाध्यक्ष सुधीर कर्णले मेलमिलापमा कानून व्यवसायी बाधक भएको आरोप लाग्दै आएको र आगामी दिनमा यो आरोपबाट मुक्ति पाउन बार एशोसिएशनले पहल गर्ने बताए । उनले बारको पहलमा मेलमिलाप नीतिलाई प्रभावकारी ढङ्गबाट अगाडि बढाउन कानून व्यवसायीहरूलाई उत्प्रेरित गरिने बताए ।
नेपाल पत्रकार महासङ्घ, पर्साका अध्यक्ष अनुप तिवारीले मेलमिलापले सामाजिक न्यायको सिद्धान्तलाई महत्व दिने बताए । उनले अंश, पारपाचुके, लेनदेनको मुद्दामा मेलमिलाप नीति प्रभावकारी हुने बताए । उनले न्याय महँगो हुँदै गएको चर्चा गर्दै जिल्ला, उच्च, सर्वोच्चमा मुद्दाको लागि धाउँदा ठूलो खर्च हुने र अदालतप्रतिको आस्था कमजोर हुने भन्दै मेलमिलापले त्यसलाई मलम लगाउने बताए ।
कार्यक्रमका अध्यक्ष न्यायाधीश अच्युतप्रसाद भण्डारीले पर्सा, बारा, रौतहटमा मेलमिलाप कार्यक्रम प्रभावकारी तरीकाले अगाडि नबढेको बताए । उनले यी तीन जिल्लामा मेलमिलापले गति लिन नसकेको र त्यसैलाई मध्यनजर गरेर कानून व्यवसायीलाई आठ दिने तालीम आयोजना गरिएको बताए । कार्यक्रममा रजिस्ट्रार प्रेम खड्काले स्वागत गरेका थिए भने न्यायाधीशहरू दुर्गाबहादुर विश्वकर्मा, दीपेन्द्रबहादुर बम, नीलम पौडेल, गणेश ठाकुर, हरिश्चन्द्र ढुङ्गाना, ऋषिराम निरौला, खडानन्द तिवारी, मोहनराज भट्टराई, अर्जुन महर्जन, भरत लम्साल, नेत्रप्रकाश आचार्य, हरिप्रसाद जोशी, दीपक खनाल, प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाललगायतको सहभागिता थियो ।
तालीममा पर्सा बारका ३० जना कानून व्यवसायी सहभागी भएका र उनीहरूलाई डा कुमार आचार्य र विनोद शर्माले प्रशिक्षण दिने बताइएको छ ।

Facebook Comments Box