search

spot_img
spot_img

नयाँ गठबन्धनले देशलाई गति दिन्छ –महासचिव पोखरेल

पढ्न छुटाउनुभयो ?

वीरगंज, १ चैत/ नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले नयाँ गठबन्धन सरकारले देशलाई गतिशील बनाउने बताएका छन् ।
बिहीवार एमाले पर्साद्वारा आयोजित प्रथम प्रतिनिधि परिषद् बैठकको उद्घाटन गर्दै उनले पुरानो गठबन्धनले मुलुकलाई कुशासनतर्फ लग्दा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चाहे अनुसार काम गर्न नसकेपछि एमालेसँग गठबन्धन गरी नयाँ सरकार बनाएको बताए ।
महासचिव पोखरेलले नयाँ गठबन्धन सरकारले देशलाई भ्रष्टाचारमुक्त बनाउने र देशमा सुशासन ल्याउने कार्यलाई प्राथमिकतामा राखेको बताए ।
उनले यसअघिको गठबन्धन सरकारले भ्रष्टाचार नियन्त्रण गर्न खोज्दा नेपाली काङ्ग्रेसले अवरोध सिर्जना गरेको, राम्रो काम गर्न नदिएको, मन्त्रीलाई फेर्न खोज्दा सहमति नजुटेको, मुलुकमा बेथिति बढ्दै गएको आरोप लगाए ।
महासचिव पोखरेलले काङ्ग्रेसले सत्ताको नेतृत्व गर्न भित्रीरूपमा सहमति गरिरहेको अवस्थामा प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष्F केपी शर्मा ओलीसँग सहमति गरी नयाँ गठबन्धनको सरकार बनाएको दाबी गरे । लामो समयसम्म सत्तामा बसेको नेकाले देशमा विकास गर्न नसकेको, हजारौं योजना अलपत्र पारेको आरोप लगाए ।
महासचिव पोखरेलले तराई–मधेसमा लामो समयदेखि नेकाले नेतृत्व गरे पनि मधेसको विकास हुन नसकेको आरोप लगाए । राष्ट्रिय सूचकाङ्कमा अन्य प्रदेशभन्दा मधेस प्रदेश कमजोर भएको बताए । उनले पहिचानको मुद्दा उठाएर नेकाले मधेसमा एकलौटी शासन गर्न खोज्दा मधेस दिन प्रतिदिन पिछडिंदै गइरहेको बताए ।
उनले राष्ट्रिय राजनीतिबाट मधेसलाई टाढा राख्न खोज्ने मधेसी नेताहरू अहिले हराउँदै गएको बताए । वीरगंजलगायत देशभरि देखिएका परिवर्तन तथा सञ्चालित ठूल्ठूला योजनाहरू ओली सरकारको पालामा सुरुआत भएको दाबी गरे । मधेसमा एमालेलाई छिर्न नदिने निषेधको राजनीति गर्ने मधेसवादी दलहरू अब निस्तेज हुँदै गएको बताए ।
महासचिव पोखरेलले नाकाबन्दीको समयमा छिमेकी राष्ट्रले नेपालको राजनीतिमा प्रत्यक्ष हस्तक्षेप गर्दा एमालेले सोको विरोध गरेपछि एमालेलाई मधेसविरोधी बनाउन खोजेको आरोप लगाए । सत्ता परिवर्तनपछि सङ्घ तथा मधेस प्रदेशको सरकारमा अब एमालेले भरपूर सहयोग गर्ने बताए । उनले अब चाँडै मधेसमा सुशासन आउने र मधेसी जनताले परिवर्तनको अनुभूति गर्ने दाबी गरे ।
नेकपा एमाले पर्सा संयोजक डा विश्वम्भर शर्माको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश इन्चार्ज योगेश भट्टराई, केन्द्रीय सदस्य तथा सांसद राजकुमार गुप्ता, प्रभु हजरा, निर्मला देवकोटा, विचारी यादवलगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन सचिव मनोज गुप्ता तथा स्वागत शिवजी गुप्ताले गरेका थिए ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

दुई सय १२ किलो गाँजासहित चार जना पक्राउ

काठमाडौँ, १४ असारः परवानीपुर गाउँपालिका–५ बहुअरीबाट गाँजा २१२ किलो ९२८ ग्राम सहित ४ जना पक्राउ परेका छन् । ...

सम्बन्धित खबर

- Advertisement -neelambads