search

spot_img
spot_img

एउटा बाघ नियन्त्रण, अर्कोको खोजी

पढ्न छुटाउनुभयो ?

सखुवाप्रसौनी गाउँपालिका–२ बाट पर्सा राष्ट्रिय निकुञ्जको बाघ नियन्त्रण टोलीले बिहीवार एउटा बाघलाई नियन्त्रणमा लिन सफल भएको छ ।
फागुन २४ गते सो स्थानमा दुईवटा बाघ देखिएको गाउँलेहरूको सूचनाको आधारमा खोजी कार्य शुरू भएको थियो । बाघ नियन्त्रणका लागि चितवन राष्ट्रिय निकुञ्जबाट चारवटा हात्तीसहित प्रFविधिक टोली खटेको थियो । लगातारको खोजीमा बाघ फेला परेको थिएन ।
आज पर्सा राष्ट्रिय निकुञ्जको बाघ नियन्त्रण टोलीले एउटा बाघलाई नियन्त्रणमा लिन सफल भएको सबडिभिजन वन कार्यालय, रङ्गपुरका रेन्जर कपिलदेव यादवले बताए ।
हात्तीसहितको टोलीले बाघलाई घेराउ गरी जाल थापेर नियन्त्रणमा लिएको र डार्ट लगाएर बेहोश गरेको उनले बताए । नियन्त्रणमा लिएको बाघलाई पर्सा राष्ट्रिय निकुञ्जमा लैजाने तयारी भएको उनले जानकारी गराएका छन् ।
जीराभवानी, पटेर्वासुगौली, सखुवाप्रसौनी गापा तथा पर्सागढी नपाका मानिसहरू बाघका कारण भयभीत छन् ।
बाघकै कारण सो क्षेत्रका मानिस साँझ पर्नेबित्तिकै घरबाहिर निस्कन डराउने, हुलाकी सडक सुनसान हुने र घरमा पनि आलोपालो गरी जाग्राम बस्ने गरेका थिए ।
बाघको आक्रमणबाट विगत तीन महीनामा दुर्ईजनाको मृत्यु भइसकेको छ भने केही मानिस घाइते भएका थिए । बाघले सो क्षेत्रका पशुचौपायाहरूलाई पनि मारेको तथा घाइते बनाएको थियो ।
यस अवधिमा तीनवटा बाघ पनि मरेको अवस्थामा फेला परेको र आज एउटा बाघ नियन्त्रणमा आए पनि अर्को बाघ भने नियन्त्रणमा आउन सकेको छैन ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

जलविद्युत उत्पादनको लगानीमा तीव्रता: एचआईडीसीएल र ऊर्जा मन्त्रालयबीच कार्यसम्पादन करार सम्झौतामा हस्ताक्षर

काठमाडौँ, १५ असार/ ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्य र हाइड्रोइलेक्ट्रिसिटी इनभेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)...

सम्बन्धित खबर

- Advertisement -neelambads