search

spot_img
spot_img

जीतपुरसिमरा क्रिकेट कपः कलैया विजयी

पढ्न छुटाउनुभयो ?

वीरगंज, ५ चैत/ जीतपुरसिमरा क्रिकेट कप प्रतियोगितामा सोमवार कलैया क्रिकेट क्लब विजयी भएको छ ।
समूह ‘ए’को अन्तिम खेलमा कलैयाले आयोजक जीतपुरसिमरा स्पोट्र्स क्लबलाई नौ विकेटको फराकिलो अन्तरले पराजित ग-यो ।
सेज क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको आयोजक जीतपुरसिमरा स्पोट्र्स क्लबले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर ८५ रन बनाएको थियो । जीतपुरसिमरा स्पोट्र्स क्लबका पूजन श्रेष्ठले २६ र अजय पटेलले १२ रन बनाए ।
कलैयाका शङ्कर पौडेल र अरनिको यादवले दुई/दुई विकेट लिए भने अनिलकुमार साह, कुमार थापा र मनु हवारीले एक/एक विकेट लिए । ८६ रनको लक्ष्यलाई कलैयाले ७.३ ओभरमा एक विकेटको नोक्सानीमा पूरा ग¥यो । कलैयाका नीरज यादवले अर्धशतक बनाए । खेलमा अविजित रहेका उनले २२ बलमा पाँच चौका र चार छक्का प्रहार गरे । साहिल पटेलले १६ र कप्तान त्रितराज दासले १० रन बनाए । जीतपुरसिमरा स्पोट्र्स क्लबका प्रभात लामाले एक विकेट लिए ।
कलैयाका नीरज ‘प्लेयर अफ दी म्याच’ घोषित भए । उनलाई जनता माध्यमिक विद्यालयका सहप्रधानाध्यापक वरुण गौतमले पुरस्कृत गरे ।
समूह ‘ए’बाट लगातार दुई खेल जित्दै चार अङ्कले पर्सा क्रिकेट सङ्घ फाइनलमा पुगेको छ । तर आज जितेको कलैया र पराजित आयोजक जीतपुरसिमरा स्पोट्र्स क्लब भने समूह चरणबाट बाहिरिएका छन् ।
हिजो भएको पहिलो खेलमा पर्सा क्रिकेट सङ्घसँग कलैया पाँच विकेटले पराजित भएको थियो । यसैगरी, आयोजक जीतपुरसिमरा स्पोट्र्स क्लब पनि पर्सा क्रिकेट सङ्घसँग पहिलो खेलमा ७७ रनअन्तरले पराजित भएको थियो ।
प्रतियोगितामा भोलिदेखि समूह ‘बी’ का खेल हुनेछन् । समूह ‘बी’को पहिलो खेलमा मकवानपुर क्रिकेट सङ्घ र जनकपुर पिस फाउन्डेशन भिड्ने आयोजकले जनाएको छ । यो समूहमा खुकुरी क्रिकेट क्लब भैरहवा पनि छ ।
समूह ‘बी’बाट जित्नेले पर्सा क्रिकेट सङ्घसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको फाइनल खेल चैत १० गते हुनेछ ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

कन्या माविमा लागूऔषधविरुद्ध सचेतना कार्यक्रम

वीरगंज, १९ असार । आमा नेपाल फाउन्डेसन पर्साले कन्या माविमा लागुऔषध दुर्वयसन तथा ओसारपसार विरूद्ध सचेतनामूलक कार्यक्रमको सम्पन्न गरेको...

सम्बन्धित खबर

- Advertisement -neelambads