search

तेस्रो परवानीपुर गोल्डकपः बाग्मती सेमिफाइनलमा

पढ्न छुटाउनुभयो ?

परवानीपुर, ६ चैत/ तेस्रो परवानीपुर गोल्डकप फूटबल प्रतियोगिताको मङ्गलवार भएको खेलमा बाग्मती फूटबल क्लब सर्लाही विजयी भएर सेमिफाइनलमा प्रवेश गरेको छ ।

शक्ति युवा क्लबको आयोजनामा जारी खेलमा हनामी भरतपुर फूटबल क्लब चितवनलाई शून्यका विरुद्ध दुई गोलअन्तरले पराजित गर्दै बाग्मती फूटबल क्लब सर्लाही सेमिफाइनमा प्रवेश गरेको छ ।
परवानीपुर खेलमैदानमा आज भएको खेलमा सर्लाहीका कपिल मगरले पहिलो र सुदीप मगरले दोस्रो गोल गरेका थिए ।
आजको खेलमा बाग्मती फूटबल क्लब सर्लाहीका कपिल मगरले ‘म्यान अफ दी म्याच’ घोषित भए । उनलाई परवानीपुर गापा–३ लिपनीमालका राजेश सर्राफले नगद २१ सयसहित शिल्ड प्रदान गरेका थिए ।
बुधवार पहिलो सेमिफाइनलमा वीरगंज युनाइटेड क्लब र वीरगंज युथ एकेडेमी र पर्सि बिहीवार दोस्रो सेमिफाइनल हेटौंडा फूटबल एकेडेमी मकवानपुर र बाग्मती फूटबल क्लब सर्लाही प्रेस संयोजक तिवारी यादवले बताए ।

Facebook Comments Box

ताजा खबर

सर्वोच्च अदालत जलाएको आरोपमा पक्राउ परेका ढुङ्गेललाई तत्काल छोड्न अखिल (क्रान्तिकारी) को माग

वीरगंज , मंसिर - ११ अखिल (क्रान्तिकारी) उपत्यका विशेष प्रदेश समितिले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा सहभागी विद्यार्थीमाथि...

सम्बन्धित खबर

- Advertisement -neelambads