search

जीतपुरसिमरा क्रिकेटः मकवानपुर विजयी

पढ्न छुटाउनुभयो ?

वीरगंज, ६ चैत/ जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत मङ्गलवार भएको खेलमा मकवानपुर क्रिकेट सङ्घले समूह ‘बी’को पहिलो खेलमा जनकपुर पिस फाउन्डेशनलाई पराजित गरेको छ ।

टस जितेर ब्याटिङ रोजेको मकवानपुरले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै १८१ रन जोडेको थियो । मकवानपुरका कंसकारले ५५ बलमा १११ रन जोडेका थिए । कप्तान सुमन सुनारले अविजित २४, गौरव खड्का र आस्तिक दाहालले १८/१८ रन बनाए ।
जनकपुरका धवन सहनी, साइमोन रोय, अभिजीत मण्डलले एक/एक विकेट लिए । मकवानपुरले दिएको १८२ रनको लक्ष्य पूरा गर्ने क्रममा जनकपुर १५१ रनमा सीमित भयो । मकवानपुरका कंसकार ‘प्लेयर अफ दी म्याच’ घोषित भए । उनलाई नेकपा एमालेका मधेस प्रदेश सचिव मनोज पौडेलले पुरस्कृत गरेका थिए ।
प्रतियोगिता अन्तर्गत समूह ‘बी’को दोस्रो खेल भोलि बुधवार जनकपुर र खुकुरी क्रिकेट क्लब भैरहवाबीच हुनेछ ।

Facebook Comments Box

ताजा खबर

बारा प्रहरीले मध्यराति रोक्यो चिनियाँ–मुस्लिम बालविवाह, ३ जना पक्राउ

वीरगंज , मंसिर - ११ बाराको करैयामाई गाउँपालिका–१, हरैयाबाट प्रहरीले चिनियाँ नागरिक र मुस्लिम समुदायकी नेपाली नाबालिग बालिकाबीचको विवाह रोकेको...

सम्बन्धित खबर

- Advertisement -neelambads