search

तस्करी शून्य, बिचौलियामुक्त पार्छु –प्रउ ढुङ्गेल

पढ्न छुटाउनुभयो ?

वीरगंज, ७ चैत/ पर्साका प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले प्रहरीको कर्तव्य निर्वाह गर्ने बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साको जिम्मेवारी सम्हालेको महीना दिनपछि बुधवार पत्रकारहरूसँग परिचयात्मक कार्यक्रम गरेका प्रउ ढुङ्गेलले पर्सामा तस्करी शून्यमा ल्याउने दाबी गरे । उनले तस्करीका कारण बद्नाम पर्सामा आफ्नो कार्यकालमा शून्यमा झार्ने र जिप्रका पर्सालाई बिचौलियामुक्त बनाउने दाबी पनि गरे ।
उनले कसैले पनि आफ्नो काम गराउन आउँदा बिचौलियामार्फत नआउन आग्रह गरे । पीडामा परेका जोसुकैलाई न्याय दिलाउने इमानदार प्रयास गर्ने उनले बताए । आफूले जिल्लाको कमान्ड सम्हालेदेखि सीमानाकाहरूको अनुगमन गरेको र यहाँ हुने विकृतिविरुद्ध अभियान चाल्ने बताए कानूनविपरीत कार्य गर्ने जो कोहीलाई पनि कानूनको दायरामा ल्याउने उनले बताए । उनले कार्यालयको सूचना प्रविधिलाई आफ्नो कार्यावधिमा चुस्तदुरुस्त पार्ने बताए ।
Facebook Comments Box

ताजा खबर

एनपिएलः जनकपुर लगातार तेस्रो खेलमा पराजित

काठमाडौँ, ११ मङ्सिरः राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा साविक विजेता जनकपुर बोल्ट्स लगातार तीन खेलमा...

सम्बन्धित खबर

- Advertisement -neelambads