search

अखाद्य वस्तु उत्पादन गर्ने उद्योग सिल

पढ्न छुटाउनुभयो ?

वीरगंज, ८ चैत/ जिल्ला प्रशासन कार्यालय, पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सानुबाबू अधिकारी नेतृत्वको टोलीले बिहीवार वीरगंज महानगर–६ मा एउटा उद्योगमा छापा मारी सिल गरेको छ ।
उपभोक्ता हकहित संरक्षण मञ्च, पर्साको सूचनाको आधारमा अखाद्य वस्तु निर्माण भएको भन्दै सप्रजिअ अधिकारीसहितको टोलीले बिहीवार पूजा सामग्री प्रोडक्ट उद्योगमा छापा मारी सिल गरेको छ । सो उद्योगमा छापामारीको क्रममा अमृत वनस्पति घ्यूको वनस्पति घ्यू, भारतीय नोभा कम्पनीको शुद्ध घ्यू र पूजा सामग्री भनेर तयार गरिएको वनस्पति र शुद्ध घ्यू मिश्रित डब्बामा रहेको घ्यू बरामद भएपछि सो उद्योगमा सिलबन्दी गरिएको हो ।
सिलबन्दी गरेर त्यहाँ उत्पादित घ्यू परीक्ष्Fणको लागि पठाइएको र रिपोर्ट आएपछि कारबाई प्रक्रिया अगाडि बढाउने बताइएको छ । छापामारीमा गुणस्तर तथा नापतौल कार्यालय, पर्साका मनीष दास, सञ्जीव ठाकुर, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका मधुरेश साह, वप्रका बिर्ताका प्रनि पुष्कर बोगटी, उपभोक्ता हकहित संरक्षण मञ्चका विशाल झा, जिल्ला प्रशासन कार्यालयका कृष्ण कुशवाहा लगायतको सहभागिता थियो ।
Facebook Comments Box

ताजा खबर

एनपिएलः जनकपुर लगातार तेस्रो खेलमा पराजित

काठमाडौँ, ११ मङ्सिरः राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा साविक विजेता जनकपुर बोल्ट्स लगातार तीन खेलमा...

सम्बन्धित खबर

- Advertisement -neelambads