search

पर्साबाट १० हजारबढी परीक्षार्थी एसइई परीक्षामा सहभागी हुँदै

पढ्न छुटाउनुभयो ?

वीरगंज, १४ चैत । एसइईमा परीक्षामा पर्सा जिल्लाबाट १०,२५३ जना परीक्षार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाई पर्साले जानकारी दिएको छ । नियमित, प्राविधिक धार र ग्रेडबृद्धि तफ गरी कूल १०,२५३ जना परीक्षार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय एकाई पर्साका परीक्षा सहायक गोपाल साहले जानकारी दिए ।
नियमित ९ हजार ५२५ जना, प्राविधिकधार १८५ र ग्रेडवृद्धितर्प ५४३ जना परीक्षार्थी एसइईमा सहभागी हुने साहले जानकारी दिए । पर्सामा यसवर्ष गत वर्षको भन्दा यस वर्ष ५२८ जना बढी परीक्षाथर्थी एसईईमा सहभागी हुदैं छन् । गत वर्षको एसईईमा पर्साबाट ९ हजार ७२५ जना परीक्षार्थी सहभागी भएका थिए ।
पर्सामा एसईईका लागि २६ वटा परीक्षा केन्द्र तोकिएको साहले जानकारी दिए । बिहीवारदेखि शुरू हुने एसईई चैत २७ गतेसम्म सञ्चालन हुनेछ ।
यसवर्षको एसईईमा देशभरबाट सामुदायिक तथा संस्थागत गरी १० हजार ८०६ वटा विद्यालयका गरी दुर्ई लाख ५० हजार सात सय ७२ छात्रा, दुर्ई लाख ५३ हजार छ सय २७ छात्र र अन्य १५ जना गरी कूल ५ लाख ४ हजार ४१४ जना परीक्षार्थी सहभागी हुदैंछन् । देशभर २ हजार ६४ वटा परीक्षा केन्द्र तोकिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
Facebook Comments Box

ताजा खबर

एनपिएलः जनकपुर लगातार तेस्रो खेलमा पराजित

काठमाडौँ, ११ मङ्सिरः राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा साविक विजेता जनकपुर बोल्ट्स लगातार तीन खेलमा...

सम्बन्धित खबर

- Advertisement -neelambads