search

सूचना प्रविधिका सामानसहित दुई विदेशी पक्राउ

पढ्न छुटाउनुभयो ?

वीरगंज, १७ चैत/ वीरगंज महानगरपालिका–१५ लक्ष्मणवास्थित शिवदेवी पटेलको घरबाट शनिवार पर्सा प्रहरीले दुईजना विदेशी नागरिकलाई ठूलो परिमाणमा सूचना प्रविधिका सामानहरूसहित नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले सूचनाको आधारमा आज पटेलको घरमा छापामारी गरिएको र सो घरबाट ठूलो परिमाणमा सूचना प्रविधिका सामानहरू बरामद गरिएको बताए ।
उनले सो सामान दुईजना विदेशी नागरिकको भएको खुलेपछि उनीहरूलाई वीरगंज–१६ नगवाबाट नियन्त्रणमा लिएको जानकारी गराए । पक्राउ परेका विदेशी चिनियाँ नागरिक भएको पुष्टि प्रहरीले गरेको छैन ।
प्रवक्ता थापाले विदेशी नागरिकको पुष्टि नभएको बताए । उनले घटनाबारेमा थप अनुसन्धान भइरहेको र यसबारेको विस्तृत विवरण पत्रकार सम्मेलन गरेर जानकारी गराउने बताए । घरधनी पटेलले गत माघ १४ गतेदेखि दुई तले भवनका आठवटा कोठा ती दुई विदेशी नागरिकलाई भाडामा दिएको बताइन् ।
उनले हेटौंडा उपमहानगरपालिका–१० बस्ने श्रद्धा जोशीले चिनियाँ भाषा सिकाउन कोठा भाडामा लिएको बताइन् ।
Facebook Comments Box

ताजा खबर

एनपीएलमा काठमान्डु गोर्खाजले चितवन राइनालाई ५३ रनले हरायो

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा काठमान्डु गोर्खाजले चितवन राइनालाई ५३ रनले पराजित गर्दै आफ्नो तेस्रो जीत हासिल गरेको छ। कीर्तिपुरको...

सम्बन्धित खबर

- Advertisement -neelambads