search

spot_img
spot_img

मुद्दाको छिनाेफानाे नहुँदा वीरगन्जकाे विकास नै ओझेलमा

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

काठमाडौं, २० चैत । जनता समाजवादी पार्टीका प्रमुख सचेतक प्रदिप यादवले वीरगंजकाे विकासकाे बाधा हटाउन सर्वाेच्च अदालतकाे ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभाकाे शून्य समयमा बाेल्दै यादवले सर्वाेच्चमा मुद्दा अड्किँदा ओद्याेगिक सहर वीरगंजकाे मुख्य सडक नै विस्तार हुन नसकेकाे बताए । वीरगन्जकाे मुख्य सडक मुद्दाका कारण केही वर्षदेखि ओझेलमा परेकाे उनकाे भनाइ छ ।
`त्रिभुवन राजपथमा पर्ने मुख्य सडक सडक ऐन २०३१ अनुसार मुख्य सडककाे मापदण्डभित्र पर्छ । सडक ऐनले नै सडककाे क्षेत्राधिकार ताेकी ऐनकाे क्षेत्राधिकार अन्तर्गत वीरगन्जकाे मुख्य सडक २५/२५ मिटर फराकिलाे पार्न सडक विभागले वीरगंजकाे गण्डक चाेकदेखि घण्टाघर माइस्थान हुँदै मितेरी पुलसम्मकाे ८ किलोमिटर मुख्य सडक विस्तारकाे कार्य २०७६ कात्तिक १७ गतेदेखि गर्नेगरी सडक विभागले प्रक्रिया अगाडि बढायाे,´ उनले भने, `तर, त्यही बेला केही स्थानीयले सर्वाेच्च अदालतमा मुद्दा दायर गर्याे । मुद्दाको छिनाेफानाे नहुँदा वीरगन्जकाे विकास नै ओझेलमा परेकाे छ ।´
यादवले थपे, `त्यसकारण सभामुखमार्फत सर्वाेच्च अदालतकाे ध्यानाकर्षण गराउन चाहन्छु कि मुद्दाको छिनाेफानाे तुरून्त गरेर वीरगंजकाे विकासकाे बाधा हटाइदिन अनुराेध गर्न चाहन्छु ।´
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

सूचीकृत हुन नआएका सामाजिक सञ्जाल आजबाटै निष्क्रिय : मन्त्री गुरुङ

काठमाडौँ, १९ भदौ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आजसम्म सूचीकृत हुन नआएका सामाजिक सञ्जाललाई निष्क्रिय हुने बताउनुभएको...

सम्बन्धित खबर

- Advertisement -neelambads