search

ग्यास लिक भएर रौतहटमा आगलागी

पढ्न छुटाउनुभयो ?

रौतहट, २३ चैत । रौतहटको दक्षिणी भेग ईशनाथ नगरपालिका ९ डुमरीया गाउँँमा आज बिहान एक घरमा आगलागी हुँदा लाखौंको धनमाल जलेर नष्ट भएको छ।
स्थानीय शेख इशहाक मियाँ धुनियाको खपराको घरमा आगलागी भएको छ। खाना पकाउने क्रममा आज बिहान ८ बजेर ३० मिनेटमा ग्याँस लिक भएर आगलागी भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताएकी छन।
आगलागी बाट अन्नपात, गरगहना र लत्ताकपडा गरी छ लाख ५० हजार बराबरको सरसामान पूर्ण रूपमा जली नष्ट भएको प्रवक्ता गिरीले जानकारी दिएकी छिन।, स्थानीय र प्रहरीचौकी औरैयाको टोली मिलेर गौर बाट गएको दमकलको सहयोगमा बिहान ९ बजेको समयमा आगलागी पूर्ण रूपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
Facebook Comments Box

ताजा खबर

पर्सामा १५ हजार भन्दा बढी नयाँ मतदाता थपिए

वीरगंज , मंसिर - १० ?आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि पर्सा जिल्लामा १५ हजार ४५ जना...

सम्बन्धित खबर

- Advertisement -neelambads