search

spot_img
spot_img

नेशनल मेडिकल कलेजमा छापा, एमडीसहित दुर्ई जना पक्राउ

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज २६ चैत । वीरगञ्जमा रहेको नेशनल मेडिकल कलेजमा सोमवार दिउँसो छापा मारी म्याद गुज्रिएको औषधिसहित एमडी शाहनवाज हुसेनसहित दुईजनालाई पक्राउ गरेको छ ।
वीरगंज महानगरपालिकाको बजार अनुगमन समितिले मेडिकल कलेजको ल्याब र फार्मेसीमा छापा मारेको थियो । त्यसक्रममा ल्याबमा बिरामीको उपचारमा प्रयोग भइरहेकै अवस्थामा म्याद गुज्रिएका केमिल र फार्मेसीमापनि म्याद गुज्रिएका औषधी भेटिएको अनुगमन समितिका सदस्य तथा महानगरका कार्यापालिका सदस्य कन्हैया ठाकुरले बताए । अनुगमन टोलीमा पर्साका प्रहरी उपरक्षिक कुमोध ढुंगेलपनि सहभागी थिए ।
मेडिकल कलेजको ल्याब र फार्मेसीमा गरी म्याज गुज्रिएका ४० भन्दा बढी प्रकारका केमिकल र औषधी बरामद गरिएको ठाकुरले जानकारी दिए । उनले भने,‘ ल्याबमा बिरामीको रगत परिक्षणमा प्रयोग गरिने केमिकलहरू म्याद गुज्रिएको भेटियो । फ्रिजमा राखिएका केमिकलपनि म्याज गुज्रिएको भेटियो । सन् २०२१ फेबु्रअरीमै डेट एक्स्पायर भएका केमिकलहरू भेटिए । यस्तै फार्मेसीमा पनि विभिन्न प्रकारका औषधीहरू डेट एक्स्पायर भएको फेला परर्याे ।
ल्याब र फार्मेसीमा म्याज गुज्रिएका केमिकल र औषधी फेलापरेपछि अनुगमन टोलीमा सहभागी रहेका प्रहरी उपरक्षिक ढुंगेलले प्रबन्ध निर्देशक अन्सारी र प्रमुख सन्जय साहलाई दुवैलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा लगेको ठाकुरले जानकारी दिए ।
यता पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरक्षिक न्यौपानेले पनि अन्सारी र साहलाई प्रहरीले नियन्त्रणमा लिएको पुष्टि गरे । उनले भने,‘ ल्याब र फार्मेसीमा म्याद गुज्रिएका केमिकल र औषधी भेटिएपछि दुवै जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । अहिले जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । म्याद गुज्रिएका केमिकल र औषधीपनि प्रहरीले नियन्त्रणमा लिएको छ ।’ यस बारेमा थप अनुसन्धान भइरहेकोपनि उनले बताए ।
मेडिकल कलेजमा सोमवार छापा मार्न गएको महानगरको अनुगमन टोलीमा प्रहरी उपरक्षिक ढुंगेलसंगै वीरगंज उद्योग वाणिज्य संघका सचिव मनोज दास, जिल्ला प्रशासन कार्यालय पर्साका प्रतिनिधी ब्रम्हदेव यादव, घरेलु तथा साना उद्योग कार्यालय पर्साका संजय महतो,औषधी व्यवस्था विभाग, महानगरको स्वास्थ्य शाखाका स्वास्थ्यकर्मी लगायतकोपनि सहभागीता थियो ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

सुटकेशभित्र महिलाको शव

रौतहट, ८ भदौः गौर नगरपालिका–९ गौर–सिर्सिया सडकखण्डअन्तर्गत मुडवला जाने बाटोमा सुटकेसभित्र एक महिलाको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय...

सम्बन्धित खबर

- Advertisement -neelambads