search

spot_img
spot_img

प्रदिप यादवको प्रश्नः खाली खुट्टा आएका नेताको काठमाडौंमा घर र चार वटा पजेरो कहाँबाट आयो ?

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

काठमाडौं, २८ चैत । जनता समाजवादी पार्टीका प्रमुख सचेतक प्रदिप यादवले ०४६ यताका नेतादेखि कर्मचारीसम्म सबैको सम्पत्ति छानबिन हुनुपर्ने माग गरेका छन् । प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद यादवले खाली खुट्टा आएका नेताको घर र गाडीसहित आलिसान जीवनयापनको खोजबिन हुनुपर्ने बताए ।
गणतन्त्र आएको १७ वर्षमा जनता निराश रहेको, निशुल्क शिक्षा, स्वास्थ्य नपाएको र गणतन्त्र नै अनुभूति गर्न नपाएको भन्दै यादवले नेताहरुको मोजमस्ती बढेको टिप्पणी गरे । ‘०४६ पछिका काण्डको छानबिनको कुरा धेरै आयो । छानबिन गर्न जसपा पनि माग गर्दछ,’ उनले भने, ‘खाली खुट्टा आएका नेताको बहुदलपछि घरघरमा चार वटा पजेरो र चारवटा भवन काठमाडौंमा कहाँबाट आयो ? छानबिन गर्नुपर्छ ।’
छानबिन भएमात्रै जनताको निराशा हट्ने उनको भनाइ छ । ‘गल्ती गरेको नेतालाई कानुनी कठघरामा ल्याइयो भने जनता आशा छाउँछ,’ उनले भने, ‘कर्मचारीतन्त्रको पनि सम्पत्ति छानबिन गर्नुपर्छ ।’ संसदले बढीभन्दा बढी विधेयक बनाउनुपर्नेमा अहिले लडाइँ झगडामा वितिरहेको भन्दै यादवले सहकारीको डुबेको अर्बाै रुपैयाँ फर्काउनका लागि ध्यान जान जरुरी रहेको बताए ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

सुटकेशभित्र महिलाको शव

रौतहट, ८ भदौः गौर नगरपालिका–९ गौर–सिर्सिया सडकखण्डअन्तर्गत मुडवला जाने बाटोमा सुटकेसभित्र एक महिलाको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय...

सम्बन्धित खबर

- Advertisement -neelambads