search

चार दिनसम्म मनाइने चैतीछठ शुरु

पढ्न छुटाउनुभयो ?

वीरगंज, ३० चैत । आजदेखि चैतीछठ विधिपूर्वक प्रारम्भ भएको छ । चार दिनसम्म पर्सा, बारा, महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहटलगायत मधेस प्रदेशभरि धुमधामका साथ छठोत्सव मनाइन्छ।
शहरी एवं ग्रामीण क्षेत्रमा रहेका पोखरी तथा नदी किनारमा सूर्यको उपासना तथा पूजाआराधनाका साथ मनाइन्छ। छठोत्सवमा अस्ताउँदो र उदाउँदो सूर्यको विशेष पूजा गरिन्छ ।
अहिंसाप्रति मानवको रूचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको विशेषता हो।
पारिवारिक सुख, शान्ति, समृद्धिका खातिर श्रद्धापूर्वक मनाइने छठोत्सवका क्रममा आज व्रतीहरूले नहा खा अर्थात नुहाएर भोजन गर्छन। पर्वको दोस्रो दिन भोलि शनिवार खर्ना मनाइन्छ।
खर्नाका दिन व्रतीहरू दिनभरि उपवास बसेर राति छठ देवतालाई आगमनको निम्तो दिँदै कूलदेवताको पूजा गर्छन् र राति अरवा अरबाईन (नुन नहालेको) खानेकुरा खाने चलन छ।
त्यस्तै षष्ठीका दिन पर्सी आइतवार साँझ गहुँ र चामलको पीठोबाट बनाइएका ठकुवा, भुसवा, खजुरिया, पेरूकियाजस्ता पकवान र विभिन्न फलफूल तथा मुला, गाँजर, भोगटे, ज्यामिर, नरिवल, सुन्तला, केरा नाङ्लो, कोनिया, सरवा, ढाकन, माटोको हात्ती, ठूलो ढाक्कीमा राखी परिवारका सम्पूर्ण सदस्य भक्ति एवं लोकगीत गाउँँदै निर्धारित जलाशय वा नदी नजिक बनाएको छठ घाटसम्म पुग्छन।
षष्ठीका दिन व्रतीहरूले अस्ताउँदो सूर्यको आराधना गर्दै अघ्र्य अर्पण गर्ने परम्परा छ। त्यसको भोलिपल्ट सोमवार बिहान पुनः छठघाटमा पुगेर अघिल्लो दिनको क्रम दोहोर्याइ सूर्यलाई अघ्र्य दिएर छठसम्पन्न गर्ने रीति छ।
Facebook Comments Box

ताजा खबर

कोलकाताका एजेन्टहरूको भुक्तानी नेपाली व्यापारीले नदिएको आरोप

राधेश्याम पटेल वीरगंज, १० मंसिर । भारतको कोलकाता बन्दरगाहबाट नेपाली व्यापारीहरूको आयातीत वस्तु छुटाउने कार्यमा खटेका नेपाली एजेन्टहरूलाई यहाँका व्यापारीहरूले...

सम्बन्धित खबर

- Advertisement -neelambads