search

वीरगंजको रात्रिबजारमा दुई करोडको कारोबार

पढ्न छुटाउनुभयो ?

वीरगंज, २ वैशाख/ वीरगंजको रात्रिबजारबाट रु दुई करोड हाराहारीमा कारोबार भएको रात्रिबजार सञ्चालन समितिका प्रकाश खेतानले बताएका छन् ।
उनले तीन दिने रात्रिबजारको पहिलो दिन हावाहुरीका कारण मानिसहरूको उपस्थिति अपेक्षाकृत नभए पनि दोस्रो र तेस्रो दिन भव्यरूपमा मानिसहरू सहभागी भएको बताए । उनले एक लाखभन्दा बढीले मेला अवलोकन गरेको जानकारी गराएका छन् ।
रात्रिबजारमा छिमेकी भारत, रक्सौल आसपासका मानिसहरूको पनि उल्लेखनीय सहभागिता रहेको उनले बताए । मेलामा सबैभन्दा बढी बिरुवा वितरण भएको खेतानले बताए । उनले मेलामा सहभागीहरूलाई निश्शुल्क बिरुवा उपलब्ध गराइएको र तीन दिने मेलामा १३ हजार ५०० मानिसले बिरुवा लगेको जानकारी गराए । उनले मेलामा ११४ वटा स्टल राखिएको र सोसहित आसपासका पसलहरूमा समेत गरी दुई करोड रुपैयाँभन्दा बढीको कारोबार भएको दाबी गरे । वीरगंज महानगरपालिका र केही संस्थाको सहकार्यमा गरिएको तीन दिने रात्रिबजारमा २० लाख रुपैयाँ खर्च भएको उनले बताए । टेन्ट, साङ्गीतिक कार्यक्रम, कलाकारहरूको पारिश्रमिक, स्टेज निर्माण आदि गरी उक्त रकम खर्च भएको उनले बताए ।
Facebook Comments Box

ताजा खबर

कोलकाताका एजेन्टहरूको भुक्तानी नेपाली व्यापारीले नदिएको आरोप

राधेश्याम पटेल वीरगंज, १० मंसिर । भारतको कोलकाता बन्दरगाहबाट नेपाली व्यापारीहरूको आयातीत वस्तु छुटाउने कार्यमा खटेका नेपाली एजेन्टहरूलाई यहाँका व्यापारीहरूले...

सम्बन्धित खबर

- Advertisement -neelambads