search

सोमवार बिहान आगलागी हुँदा दुर्ई नाबालकको मृत्यु

पढ्न छुटाउनुभयो ?

अछाम, ३ वैशाखः अछाममा आगलागी हुँदा दुर्ई जना नाबालकको मृत्यु भएको छ ।
मेल्लेख गाउँँपालिका वडा नं ६ को षोडशामा छानामा आगलागी हुँदा उनीहरूको मृत्यु भएको हो । स्थानीय दीपक बोहराको छोरी अन्दाजी आठ वर्षीया भावना बोहरा र रमेश बोहराको छोरा अन्दाजी छ वर्षीय गोपाल बोहराको आगलागीमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष पाठकले जानकारी दिनुभयो ।
उहाँका अनुसार सोमवार बिहान खरले छाएको कच्ची छानामा अचानक सल्केको आगोले स्याउला समेत जलेपछि सोही आगोमा परी ती नाबालकको मृत्यु भएको हो । घटनावारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Facebook Comments Box

ताजा खबर

मितेरीपुल परिसरमा वृहत वृक्षारोपण कार्यक्रम सम्पन्न

अभिलाष गुप्ता बीरगंज १० मंसिर ।  सीमाक्षेत्रलाई हराभरा, स्वच्छ र आकर्षक बनाउने लक्ष्यसहित मितेरीपुल परिसरमा आज बीरगंज महानगरपालिकाको आयोजना तथा...

सम्बन्धित खबर

- Advertisement -neelambads