search

दिल्ली पब्लिक र प्रहरीद्वारा आयोजित रक्तदानमा १२० जना सहभागी

पढ्न छुटाउनुभयो ?

वीरगंज, २७ साउन/
दिल्ली पब्लिक स्कूल वीरगंजको आयोजनामा आइतवार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत गत वर्षदेखि विद्यालयले आप्mनै परिसरमा रक्तदान कार्यक्रम गर्दै आएको छ ।
कार्यक्रममा सातजना महिलासहित ५१ जनाले रक्तदान गरेको विद्यालयका प्रधानाध्यापक रञ्जीत आनन्दले जानकारी गराए । गत वर्ष विद्यालयले ६६ पिन्ट रगत सङ्कलन गरेको थियो ।
रक्तदान गर्नेहरूमा तमन्ना खातुन, विमला बस्नेत, जुली मित्तल, विकिता प्रधान, विनीता रञ्जन, जानकी गोश्वामी, सलोनी कौर, प्रअ रञ्जीत आनन्द, विद्यालयका मैनेजर शिवशङ्कर कुशवाहा, अजयकुमार शर्मा, पप्पुकुमार गुप्ता, अरुणकुमार यादव, ऋषिकुमार वर्णवाल, मन्दीप ठकुरीलगायत रहेका छन् ।
वीरगंजमा अध्यधिक गर्मीका कारण रक्तदाताको सङ्ख्यामा कमी आई रक्तसञ्चार केन्द्र वीरगंजमा रगतको अभाव भएकोले रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।
Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads