search

बालबालिकाको मोबाइलको लत कसरी छुटाउने

पढ्न छुटाउनुभयो ?

आजको डिजिटल युगमा बालबालिकाहरू मोबाइल, ल्यापटप, टिभीजस्ता ग्याजेटहरूको लतमा फसेका छन्। बच्चाहरू धेरैजसो समय मोबाइलको स्क्रिन अगाडि समय बिताउन थालेका छन्। जब बच्चाहरू यी ग्याजेटका लागि जिद्दी गर्छन्, उनीहरूलाई नियन्त्रण गर्न अभिभावकहरूको लागि चुनौतीपूर्ण काम हुन्छ।
वैकल्पिक अफलाइन गतिविधिहरूः जब बच्चाहरूले मोबाइल वा टिभी चलाउन जिद्दी गर्छन् तब अभिभावकहरूले उनीहरूलाई अफलाइन गतिविधिमा व्यस्त राख्नुपर्छ। खेलकूद, चित्रकला, बगैंचा वा किताबहरू पढ्नेजस्ता गतिविधि गराउँदा मोबाइल फोनबाट बालबालिकाको ध्यान हटाउन मदत पुग्छ। यस्ता क्रियाकलापले बालबालिकाको सृजनशीलता मात्रै बढाउँदैन, शारीरिक विकासमा समेत सुधार ल्याउँछ।
समय सीमा र डिजिटल डिटक्सः अभिभावकहरूले बच्चाहरूले कति समय मोबाइल चलाउन पाउने त्यो निर्धारण गर्नुपर्छ। बालबालिकालाई दिनमा कति समय मोबाइल, ल्यापटप वा टिभी हेर्न दिने भन्ने नियम बनाउन सकिन्छ। साथै डिजिटल डिटक्सको लागि एक दिन छुट्याउनुपर्छ र सम्पूर्ण परिवार कुनै ग्याजेटविना समय बिताउनुपर्छ। यस्तो बेला पारिवारिक घुमफिर, खेल, वा अन्य इन्डोर गतिविधिहरूलाई प्राथमिकता दिनुपर्छ।
शैक्षिक सामग्रीः बालबालिकाले मोबाइल, ल्यापटप वा टिभी हेर्न आग्रह गरेमा अभिभावकले उनीहरूलाई शैक्षिक सामग्री हेर्न उत्प्रेरित गर्नुपर्छ। बच्चाहरूको लागि धेरै शैक्षिक अनुप्रयोग र कार्यक्रमहरू छन् जसले उनीहरूको ज्ञान बढाउन र नयाँ सीपहरू सिकाउन मदत गर्छ। यसबाहेक अभिभावकहरूले पनि आफ्ना बालबालिकासँग बसेर यस्ता शैक्षिक कार्यक्रमहरू हेर्न सक्छन्, जसले बालबालिकाको सिकाइ अनुभवमा थप सुधार ल्याउन सक्छ।
रोल मोडलिङः छोराछोरीले आमाबाबुको व्यवहारबाट धेरै कुरा सिक्छन्। आमाबाबु आफैंले मोबाइल वा टिभीको अत्यधिक प्रयोग नगर्ने हो भने छोराछोरीले पनि त्यस्तै गर्छन्। आमाबाबुले आफ्ना बच्चाहरूको अगाडि ग्याजेटहरूको सीमित र स्वस्थ प्रयोग गर्नुपर्छ। यसबाट बालबालिकामा पनि ग्याजेटप्रति सकारात्मक दृष्टिकोण विकास हुन्छ। बच्चाहरूको अगाडि पुस्तक पढ्नुहोस् जसले बच्चाहरू पनि त्यसै गर्न उत्प्रेरित हुनेछन्।
खुला सञ्चारः बच्चाहरूसँग खुलेर कुरा गर्नुपर्छ। लामो समयसम्म स्क्रिनको अगाडि रहँदा उनीहरूको आँखा, मानसिक र शारीरिक स्वास्थ्यलाई कसरी असर गर्छ भनी उनीहरूलाई बताउनुपर्छ। उनीहरूलाई ग्याजेटका बेफाइदाहरूबारे जानकारी दिएर जिद्दी त्याग्न उत्प्रेरित गर्नुपर्छ।
दिनचर्या र अनुशासनः बच्चाहरूको लागि एउटा दिनचर्या सेट गर्न जरुरी हुन्छ जसमा अध्ययन, खेल र स्क्रिन समय समावेश हुन्छ। बालबालिकाहरूलाई समयको महत्व सिकाउँदा उनीहरूको जीवन अनुशासित हुन्छ।
Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads