search

spot_img
spot_img

गौरमा बहुमुखी क्याम्पसको उद्घाटन

पढ्न छुटाउनुभयो ?

रौतहट, ४ भदौ/
रौतहटको सदरमुकाम गौरमा राजर्षिजनक विश्वविद्यालय अन्तर्गत पण्डित मङ्गलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मङ्गलवार उद्घाटन भएको छ।
गौर नगरपालिका–२ स्थित जुद्ध माध्यमिक विद्यालयको दलित छात्रावास भवनमा राजर्षिजनक विश्वविद्यालय अन्तर्गत पण्डित मङ्गलकुमार उपाध्याय बहुमुखी क्याम्पसको उपकुलपति अमर यादवले उद्घाटन गरेका थिए।
मङ्गलकुमार उपाध्याय बहुमुखी क्याम्पसमा यसै शैक्षिक सत्रदेखि बिएस्सी कृषि र बिबिए सङ्काय सञ्चालन हुने बताइएको छ।
गौर नगरपालिकाको आर्थिक सहयोगमा राजर्षिजनक विश्वविद्यालयले गौरमा बहमुखी क्याम्पसको सञ्चालन गरेपछि यस जिल्लाका विद्यार्थीहरूलाई सो विषयमा अध्ययन गर्न बाहिर जानुपर्ने अवस्थाको अन्त्य भएको छ।
उपकुलपति यादवले विश्वविद्यालय स्थापना भएदेखि मधेसका आठ जिल्लामा प्राविधिकतर्फका बहुमुखी क्याम्पसहरू सञ्चालनमा ल्याउने योजना अनुरूप नै गौरमा मङ्गलकुमार उपाध्याय बहुमुखी क्याम्पस स्थापना गरिएको र यसै शैक्षिक सत्रदेखि दुर्ईवटा विषयको अध्ययन शुरू हुने बताए।
बिएसस्सी कृषि र बिबिए सङ्कायको अध्यापन शुरू गर्दा ३० प्रतिशत आरक्षण दिने पनि उनले बताए। सोमध्ये १० प्रतिशत जेहेन्दार तथा २० प्रतिशत विभिन्न जातजातिलाई प्रदान गरिने उनले प्रस्ट्याए।
विश्वविद्यालयका रजिस्ट्रार सत्यनारायण साहले गौरमा नगरप्रमुखले जग्गा उपलब्ध गराएर क्याम्पस सञ्चालन गर्नु सुखद भएको बताए।
कार्यक्रमका सभापति नगरप्रमुख शम्भु साहले नगरवासीको चाहना एवं रौतहटवासीको स्नेह तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको साथ सहयोगको कारण गौरमा बहुमुखी क्याम्पस सञ्चालनमा आएको बताए। उनले यो वर्षदेखि दुई विषयको अध्ययन शुरू हुने र त्यसलाई आगामी वर्षमा वृद्धि गर्दै लग्ने बताए। क्याम्पसको स्तर वृद्धिको लागि नगरपालिकाले सहयोग जारी राख्ने बताए।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक घनश्याम ठाकुर, ज्येष्ठ नागरिक सङ्घका अध्यक्ष विजयकिशोर झा, राजनीतिकर्मी अनिल सिंह, शिक्षक विन्दा साहनी, नेपाल पत्रकार महासङ्घ, रौतहटका अध्यक्ष प्रेमचन्द्र झालगायतको सहभागिता थियो। कार्यक्रममा स्वागत प्रमुख प्रशासकीय अधिकृत सुभाष ठाकुर र सञ्चालन वडाध्यक्ष अर्जुन सिंहले गरेका थिए।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

खानेपानी मन्त्री यादवद्वारा वीरगंज महानगरपालिकालाई दुर्ई थान पिकअप गाडी हस्तान्तरण

वीरगंज, २० असार । खानेपानी मन्त्री प्रदीप यादवले वीरगंज महानगरपालिकालाई दुर्ई थान पिकअप गाडी हस्तान्तरण गरेका छन् । खानेपानी...

सम्बन्धित खबर

- Advertisement -neelambads