वीरगंज, ८ भदौ/ नेपाल शिक्षक महासङ्घ वीरगंज महानगर कार्यसमितिले शनिवार पत्रकार सम्मेलन गरी महानगरको शिक्षा महाशाखामा व्यापक अनियमितता भइरहेको आरोप लगाएको छ ।
महासङ्घका महानगर अध्यक्ष प्रदीप जैसवालले पछिल्लो समय दरबन्दीको नाममा शिक्षा महाशाखा प्रमुख अरविन्दलाल कर्णले शिक्षकहरूसँग आर्थिक लाभ लिएको आरोप लगाए । उनले विद्यार्थी सङ्ख्याका आधारमा शिक्षक दरबन्दी नभएको, रकम दिने, सिफारिशवाला र नातागोताका शिक्षकलाई प्राथमिकता दिइएको बताए । उनले यसबारेमा महासङ्घले शिक्षा शाखालाई पटकपटक ज्ञापन दिएको तर सुनवाइ नभएको बताए । उनले दरबन्दीबारेमा शिक्षा महाशाखाले अहिलेसम्म स्पष्ट जवाफ नदिएको भन्दै चरणबद्ध आन्दोलनको चेतावनी दिए । उनले शिक्षक दरबन्दी एउटा उदाहरण मात्र भएको र शिक्षा शाखामा विभिन्न समयमा भएका कार्यहरू विवादास्पद रहेको बताए । आव २०७९/८० मा महानगरका सामुदायिक विद्यालयहरूमा वितरण भएका पङ्खा त्यसको अर्काे उदाहरण भएको बताए । पङ्खामा भएको भ्रष्टाचार अहिले बिस्तारै उजागर हुँदैछ भन्दै शिक्षा शाखाको अनियमितताविरुद्ध अख्तियारमा पनि उजूरी गरेको जानकारी गराए ।
कार्यक्रममा महासङ्घका जिल्ला अध्यक्ष तीर्थ यादवले महानगरले विद्यालयको नाममा पठाउने रकम विद्यालयको खातामा आउने र विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार खर्चिनुपर्नेमा महानगरको शिक्षा महाशाखाले ईपुस्तकालय र आइसिटीको नाममा आफैंले सामान खरीद गरेर पठाएको र ती सामानहरू कमसल भएको दाबी गरे ।
यसैगरी, सेनिटरी प्याडमा पनि अनियमितता भएको पत्रकार सम्मेलनमा उठाइएको थियो । गत आवमा सेनिटरी प्याड खरीद नभएको तर चालू आवमा त्यसको विरोध भएपछि भर्खर २० दिनका लागि विद्यालय बन्द भएको बखत सेनिटरी प्याड विद्यालयमा पठाउने कार्य भएको बताइएको छ । वितरण गरिएको प्याड पनि कमसल रहेको केही शिक्षिकाहरूले गुनासो गरेका छन् । प्याड प्रयोग गर्दा चिलाउने, रक्तस्राव नरोकिने र बजारमा पाउनेभन्दा कमसल भएको शिक्षिकाहरूले गुनासो गरेपछि केही प्रधानाध्यापकहरूले जबरजस्ती विद्यालयमा भण्डारण गरिएको प्याड बुझेको भरपाई दिन मानेका छैनन् ।

Facebook Comments Box