search

spot_img
spot_img

शिक्षक महासंघको जायज मागप्रति पर्साका राजनीतिक दलहरूको ऐक्यबद्धता

पढ्न छुटाउनुभयो ?

वीरगंज, १३ भदौ । नेपाल शिक्षक महासंघ वीरगंज महानगर समितिले उठाएका जायज मागहरू प्रति पर्साका राजनीतिक दलहरूले ऐक्यवद्धता जनाएका छन् । आज नेपाली कांग्रेसको पार्टी कार्यालय रामगढवा बसेको सर्बदलिय बैठकले बृहत छलफल पछि प्रेस बिज्ञप्ति जारी गर्दै शिक्षकहरूको माग प्रती एक्यवद्धता जनाएका हुन ।
बैठकमा उपस्थित शिक्षक संगठनका प्रतीनिधीहरूले महानगरको शैक्षिक महाशाखाले दरबन्दी मिलानको क्रममा ब्यक्तिगत लाभ र अन्याय पुर्ण तरिकाले गरिएको सरूवाले शैक्षिक आतंक सृजना गरेको बताएका थिए ।
बैठकमा उपस्थित सम्पूर्ण राजनीतिक दलहरू वार्ताको माध्यमले तनाब रहित शैक्षिक बाताबरणको निर्माण गरि डर र भयरहित बाताबरणमा पठनपाठन हुनु पर्नेमा एकमत रहेको बैठकमा उपस्थित राष्ट्रिय स्वतन्त्र पार्टीका पर्सा जिल्ला संयोजक हरि पन्तले बताए ।
बैठकमा नेकपा एमालेका पर्साका अध्यक्ष डा बिश्वम्भर शर्मा, नेपाली कांग्रेसका जिल्ला उपसभापति राम नारायण कुर्मी, जसपाका पर्सा अध्यक्ष रामनरेश यादव, सचिव तबरेज आलम जनमतका सह इन्चार्ज मुकेश द्विबेदी, राष्ट्रिय स्वतन्त्र पार्टीका पर्सा संयोजक हरि पन्त, प्रदेश सदस्य सुदिश प्रजापति र शिक्षक संगठनका प्रतिनिधिहरूको उपस्थिति थियो ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

जलवायु मैत्री कृषि प्रविधिहरु बारे एक दिने तालिम

वीरगंज, १५ असार । कृषि औजार अनुसन्धान केन्द्र रानीघाट वीरगंजको आयोजनामा एक दिने तालिम सम्पन्न भएको छ । १२ औं...

सम्बन्धित खबर

- Advertisement -neelambads