search

दुई महिलाको रिहाइ माग गर्दै प्रदर्शन

पढ्न छुटाउनुभयो ?

वीरगंज, १४ भदौ ।
जीराभवानी गाउँपालिकास्थित डिप्रोक्स लघुवित्त संस्थामा भएको तोडफोड घटनामा संलग्न दुईजना महिलाको रिहाइको माग गर्दै शुक्रवार वीरगंजमा प्रदर्शन भएको छ।
लघुवित्त तथा वित्तीय घोषणाविरुद्धको सङ्घर्ष समिति पर्साको आयोजनामा वीरगंजको लालबङ्गलाबाट महिलाहरूले प्रदर्शन गरेका थिए। समितिका केन्द्रीय सल्लाहकार गोवद्र्धन यादव नेतृत्वको –याली जिल्ला प्रशासन कार्यालय, पर्साको गेटमा धर्ना दिएर समापन भएको थियो। जिल्ला सचिव भूषण यादवले प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालसँग जीराभवानी घटनामा समातिएका दुईजना महिलालाई रिहा गर्न आग्रह गरिएको बताए। उनले आज मौखिक आग्रह गरिएको र भदौ १६ गते आइतवार लिखित ज्ञापन बुझाउने बताए।
यही भदौ १२ गते बुधवार जीराभवानी गापास्थित डिप्रोक्स लघुवित्त संस्थाको कार्यालयमा महिलाहरूको समूहले कार्यालयमा तोडफोड गरेको घटनामा प्रहरीले दुईजना महिलालाई पक्राउ गरेको थियो।
Facebook Comments Box

ताजा खबर

जसपा नेपालद्वारा प्रधानमन्त्रीलाई २८ बुँदे मागसहित ज्ञापनपत्र बुझाइयो

वीरगंज , मंसिर - १० जनता समाजवादी पार्टी (जसपा) नेपालले देशव्यापी अभियान अन्तर्गत आज रौतहटमा २८ बुँदे मागसहित प्रधानमन्त्रीलाई विस्तृत...

सम्बन्धित खबर

- Advertisement -neelambads