search

spot_img
spot_img

बालुवा प्रशोधन उद्योगका कारण रामवनवासी पीडित

पढ्न छुटाउनुभयो ?

वीरगंज, १४ भदौ ।
जीतपुरसिमरा उपमहानगरपालिका–३ रामवनस्थित जय नेपाल बालुवा प्रशोधन उद्योगका कारण उद्योगवरिपरिका किसान पीडित छन्।
जय नेपाल बालुवा प्रशोधन उद्योगमा डम्पिङ गरिएको बालुवा, गिट्टी वरिपरिका किसानहरूका खेतमा गएर खेत पुरिएको भन्दै किसानहरूले उद्योगविरुद्ध वडा र उपमहानगरपालिका कार्यालयमा उजूरी गरेका छन्। वर्षाको बेला उद्योगमा डम्पिङ गरिएको बालुवा र गिट्टी बगेर किसानका खेतमा पुगेको र यसरी करीब १० बिघा खेतलाई असर पुगेको किसान राजाराम श्रेष्ठले बताए।
उनले उद्योगमा डम्पिङ गरिएको नदीजन्य पदार्थ वर्षाको समयमा बगेर किसानहरूको खेतमा पुगेको र त्यसले खेतको बालीलाई क्षति पुगेको बताए। उनले वडा र उपमहानगरमा यसै विषयमा निवेदन दिएको र उद्योगबाट क्षतिपूर्ति भराउन माग गरिएको बताए। अर्का किसान इख्तार मियाँले उद्योगको कारण भएको क्षतिबारेमा उद्योग प्रशासनको ध्यानाकर्षण गराउँदा बेवास्ता गरिएपछि वडा र उपमहानगर पुग्नुपरेको बताए।
बर्सेनि वर्षायाममा सो उद्योगका कारण किसानहरूले क्षति बेहोर्नुपरेको बताए। उद्योगका सञ्चालक नुरेन अन्सारी भने आफ्नो जग्गामा बालुवा र गिट्टी डम्पिङ गरिएको र त्यसबाट कसैको बालीनालीमा क्षति नपुगेको दाबी गरे।
Facebook Comments Box
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपाको निर्णय

काठमाडौँ, ३२ असार : जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । सो...

सम्बन्धित खबर

- Advertisement -neelambads