search

दुगडद्वारा आँखाको नानी दान

पढ्न छुटाउनुभयो ?

वीरगंज, १८ भदौ । वीरगंज–१० आदर्शनगरका व्यवसायी प्रकाश दुगडकी आमा विमलादेवी दुगडले आँखाको नानी दान गरेकी छन् ।
आइतवार साँझ ५ः३० बजे उनको कालगतिले निधन भएको थियो । त्यसपछि दान गरिएको आँखाको नानी स्वास्थ्यकर्मीहरूले निकालेका थिए । रामकुमार महावीरप्रसाद केडिया आँखा अस्पताल, परवानीपुरका नेत्र अधिकृत हरिकान्त साह नेतृत्वको टोलीले हिजो राति ८ बजे दान गरिएको आँखाको नानी निकालेर आइसबक्समा राखेको थियो ।
अहिले दान गरिएको आँखाको नानी विभिन्न जिल्लामा सम्पर्क गरेर तिलगङ्गा आँखा अस्पताल, काठमाडौं पठाउने गरिन्छ । नेपाल नेत्रज्योति सङ्घको सिफारिशमा हरेक वर्ष दान गरिएको आँखाको नानी लाभग्राहीले पाउने गर्छन् । आँखाको नानी मृत्यु भएको दुईदेखि आठ घण्टाभित्र निकाल्दा प्रभावकारी हुने बताइन्छ ।
Facebook Comments Box

ताजा खबर

हसिनालाई मृत्युदण्डको फैसलाविरुद्ध अवामी लिगद्वारा देशव्यापी विरोध प्रदर्शनको आह्वान

वीरगंज , मंसिर - १० बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई इन्टरनेसनल क्राइम्स ट्रिब्युनलले सुनाएको मृत्युदण्डको फैसलाविरुद्ध उनकी पार्टी अवामी लिगले...

सम्बन्धित खबर

- Advertisement -neelambads